Tag: नेपाल सरकार
प्रधानमन्त्रीओलीले आइतवार विश्वासको मत लिनुहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुने भएको छ । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले आइतवारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुहुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतवार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । त्यसको भोलिपल्ट ३१ गते उहाँले सोमवार […]
पूरा पढ्नुहोस्
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
वैशाख २१, काठमाडौं । सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो। अर्थ मन्त्रालयले बैंक नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी […]
पूरा पढ्नुहोस्
क्यानडा अध्ययनमा जाने नेपाली विद्यार्थीलाई सचेत हुन राजदूतावासको आग्रह
काठमाडौँ , २० बैशाख। अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीहरूको सचेत हुन क्यानडास्थित नेपाली राजदूतावासले सूचना जारी गरेको छ । क्यानडाका विभिन्न शैक्षिक संघ–संस्थाहरूमा अध्ययनका लागि जाने तयारीमा रहेका र पुगेका नेपाली विद्यार्थीहरूलाई बुझेर मात्रै जान आग्रह गर्दै सचेत हुन भनिएको हो । सामाजिक सञ्जालका विज्ञापनमा मात्र भर परी भुक्तानी गरेर जाँदा ठगीमा पर्न […]
पूरा पढ्नुहोस्
चिकित्सा शिक्षा अध्ययनका लागि सहजीकरण गर्न नसके जनशक्ति अभाव हुने
काठमाडौँ , १० मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभित्रै चिकित्सा शिक्षा अध्ययन अध्यापनका लागि तत्काल सहजीकरण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय ट्रमा सेन्टरको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले चिकित्सा शिक्षा अध्ययनका लागि सहजीकरण गर्न नसके आगामी समयमा देशमा स्वास्थ्य जनशक्ति अभाव हुन सक्ने बताउनुभयो । मन्त्री बस्नेतले चिकित्सा अध्ययनका लागि एक सयदेखि तीन […]
पूरा पढ्नुहोस्
दूरसञ्चार प्राधिकरणले काट्यो पत्र, २४ घन्टामा टिकटक बन्द हुने दाबी
कात्तिक २७, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।
पूरा पढ्नुहोस्
इजरायलमा १० नेपालीको मृत्यु: भोलि राष्ट्रिय शोकको घोषणा, मृतकका परिवारलाई १० लाख राहत
इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको सम्मानमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० नेपालीको मृत्युको शोकमा भोलि (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको हो । बैठकले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । हमासकाे आक्रमणमा परी शनिबार १० जना नेपालीकाे […]
पूरा पढ्नुहोस्
सातबुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए
असोज ५, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए । ‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं […]
पूरा पढ्नुहोस्
माग सम्मबाेधन नहुँदै धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाइयो : सुलभ चापागाईं ( भिडियो सहित )
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान IOE ले वृद्धि गरेकाे शुल्क वृद्धिकाे विरोध र शुल्क वृद्धि फिर्ताकाे माग गर्दै अनसन बसेका सुलभ चापागाईंले आफुलाई डर र धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाएकाे रहस्य खाेलुका छन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र केही विद्यार्थी नेताहरूले राति जबरजस्ती डर देखाएर धर्काएर अनसन ताेडन लगाएको उनी स्वयंमले बताएका […]
पूरा पढ्नुहोस्
सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा शिक्षकहरूकाे धर्ना
साउन ३२, काठमाडौँ। विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा रुष्ट भएका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बिहीबार सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा आयोजित धर्नामा शिक्षक र कर्मचारीहरूले मन्त्रालयका अधिकारीहरूलाई यसअघि सरकारसँग भएको सहमतिको छायाप्रति पेस गरेर आफूहरूका माग पूरा गर्न दबाब दिएका हुन्। ११ बजे आयोजित धर्ना कार्यक्रम २ […]
पूरा पढ्नुहोस्
एकीकृत समाजवादीबाट भानुभक्त जोशीसहित यी नेताको मन्त्री बन्ने चर्चा
काठमाडौं । नेकपा एमालेसहितको गठबन्धन टुटेर कांग्रेससहित नयाँ गठबन्धन बनेसँगै दलहरुबाट मन्त्री को बन्ने भन्ने चर्चा चल्न थालेको छ । सो क्रममा संसदको पाँचौँ र गठबन्धनको चौँथो ठूलो दल नेकपा एकीकृत समाजवादी सरकारमा सामेल हुने र मन्त्री को बन्ने भन्ने चर्चा चल्न थालेको छ । एकीकृत समाजवादीले १० सिटसहित संसदमा प्रतिनिधित्व गरिरहेको छ । थोरै सिट […]
पूरा पढ्नुहोस्







