उपत्यका

स्वास्थ्यमन्त्री बन्दै डाक्टर संगीता कौशल मिश्रा

काठमाडौँ- डाक्टर संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री बन्ने भएकी छन् । उनको नाम स्वास्थ्यमन्त्रीका लागि फाइनल भएको प्रधानमन्त्री सुशीला कार्कीनिकट जेन-जी अनिल बानियाँले जानकारी दिए । बानियाँका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन निश्चित भएका छन् । उता सञ्चार सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेलको नाम फाइनल भएको छ। मिश्रा यसअगाडि स्वास्थ्य मन्त्रालयकी अतिरिक्त […]

पूरा पढ्नुहोस्

यात्रुबाहक सवारीलाई नागढुंगा सुरुङमार्ग प्रयोग गर्न दिइने, यस्ता छन् अन्य निर्णय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । शनिबार दिउँसो मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन् । काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनहरूमध्ये यात्रुवाहक सार्वजनिक सवारी साधनहरू सो सुरुङमार्ग ( नागढुंगा–सिस्नेरी) बाट बाहिर जाने,’ मन्त्रालयको निर्णयमा भनिएको […]

पूरा पढ्नुहोस्

यातायात व्यवस्था कार्यालयको सेवा सुचारु

युवा पुस्ता (जेनजी) आन्दोलनको क्रममा आगजनीबाट क्षति भएको कैलालीको यातायात व्यवस्था कार्यालयले आजबाट केही सेवा सुचारु गरेको छ । आगजनीपछि हप्ता दिनसम्म सेवा दिन नसकेको सो कार्यालयले सरसफाइ र मर्मतपछि केही सेवा पुनः सुरु गरेको हो । सवारीसाधन नवीकरण, दर्ता, कर सङ्कलन तथा रुट परमिट, जाँचपासको काम सुरु भएको अधिकृत श्याम जोशीले जानकारी दिनुभयो । […]

पूरा पढ्नुहोस्

भौतिक पूर्वाधार र शहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने

काठमाडौँ, भदौ ३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरुको सूची तत्काल तयार गरी पेश […]

पूरा पढ्नुहोस्

संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘अफर’ घोषणा

काठमाडाैँ – संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ। नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ। कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ। यसअन्तर्गत रु ४९ मा एक दिन […]

पूरा पढ्नुहोस्

देशैभरका पालिका कार्यालय खरानी हुँदा काठमाडौं महानगर सुरक्षित !

काठमाडौं– भदौ २४ गते जेनजी युवा पुस्ताको आह्वानमा भएको प्रतिरोध आन्दोलनको क्रममा देशैभरिका सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड भयो । तर, देशको राजधानी नै रहेको काठमाडौं महानगरपालिका र सो अन्तर्गतका कार्यालय भने झण्डै सुरक्षित रहन पुगेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार आन्दोलनको क्रममा महानगरको वडा नम्बर १३ को कार्यालय पूर्ण क्षतिग्रस्त भएको छ […]

पूरा पढ्नुहोस्

नेप्सेमा लगातार तेस्रो नकारात्मक सर्किट, कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार लगातार तेस्रो नकारात्मक सर्किट ब्रेक लागेको छ । नौ कारोबार दिनपछि खुल्ला भएको सेयर बजारमा यो दुर्लभ घटना घटेको हो । बिहीबारको कारोबारमा बजार खोल्नासाथ नेप्से सूचक १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट ब्रेक लाग्यो । त्यसपछि बजार २० मिनेटका लागि बन्द गरियो । […]

पूरा पढ्नुहोस्

विश्वकर्मा पूजा गरिँदै

काठमाडौँ । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर […]

पूरा पढ्नुहोस्

एक महिनामा अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौं– देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा […]

पूरा पढ्नुहोस्

भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

काठमाडौं । नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् । उनले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले कोषकोबारेमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ । ‘हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरु बनाउनुपर्नेछ,’ उनले भनेका छन्,’ आक्रोशको […]

पूरा पढ्नुहोस्