उपत्यका

खुला विश्वविद्यालयका ५४५ विद्यार्थी दीक्षित

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा ५४५ विद्यार्थीलाई दीक्षित गरेकी छन्। प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थीलाई कुलपति पदकसमेत प्रदान गरेकी थिइन्। दीक्षान्त समारोहमा शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहेका थिए। प्रधानमन्त्री कार्कीले विद्यार्थीहरूलाई स्वदेशमै बसेर अवसरको खोजी गर्न र मुलुकको निर्माणमा […]

पूरा पढ्नुहोस्

हिसान महाधिवेशन : अध्यक्षमा युवराज शर्मा र महासचिवमा रामहरी सिलवाल

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान०को अध्यक्ष पदमा युवराज शर्मा विजयी भएका छन् । हिसान केन्द्रको पुष ११ र १२ गते काठमाडौँमा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन प्रक्रिया अन्तर्गत कार्य समितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्ने उम्मेदवार मध्येका सर्वसम्मत र निर्वाचित कार्य समितिको घोषणा […]

पूरा पढ्नुहोस्

रवि–बालेनसहमति , के छ ७ बुँदे सम्झौतामा के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा सहित ७ बुँदे सम्झौता गरेका छन् । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय दलको नेताको रुपमा उभ्याइनेछ । आगामी एक दशकको मुलुकको मार्गचित्र अघि सार्ने […]

पूरा पढ्नुहोस्

शितला माध्यमिक विद्यालयमा सामाजिक लेखा–परिक्षण सम्पन्न, पारदर्शिता र सुशासनमा जोड

काठमाडौँ । शितला माध्यमिक विद्यालय, काठमाडौँले आज सामाजिक लेखा–परिक्षण (Social Audit) कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले सामाजिक लेखा–परिक्षणलाई गुणस्तरीय शिक्षा, पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारस्तम्भका रूपमा लिएर यस वर्षको गतिविधि, उपलब्धि, चुनौती र आगामी योजना सार्वजनिक रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौँ महानगरपालिका कार्यपालिका सदस्य तथा वडा नं. १६ की वडाध्यक्ष श्रीमती […]

पूरा पढ्नुहोस्

ल क्याम्पसका पूर्व सभापति पक्राउ

काठमाडौँ । नेपाल ल क्याम्पसका पूर्व सभापति विष्णु ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनलाई चितवनबाट पक्राउ गरेको हो । जेनजी प्रदर्शनको क्रममा सर्वोच्च अदालत आगजनी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई चितवनबाट काठमाडौँ ल्याइँदै छ । सर्वोच्च अदालतका भ्रष्टाचारीलाई अब छोड्नु हुँदैन भन्दै ढुङ्गेलले आगजनी गरेको […]

पूरा पढ्नुहोस्

जनकपुरधामका सम्पूर्ण संस्थागत विद्यालय तीन दिन बन्द हुने

मंसिर । जनकपुरधामका सम्पूर्ण संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् । श्रीराम–जानकी विवाह महोत्सवको विशेष तयारीसँगै मङ्सिर ८ गतेदेखि १० गतेसम्म विद्यालय बन्द हुने भएका हुन् । प्यावसन, एन–प्यावसन र हिसान जनकपुरधामले आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै तीन दिनसम्म विद्यालय बन्द रहने जानकारी दिएका छन् । विवाह महोत्सवको भीड व्यवस्थापन तथा […]

पूरा पढ्नुहोस्

सुमनराज अर्याल मुख्यसचिव बन्दै

काठमाडौं । सुमनराज नयाँ मुख्यसचिव बन्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार आज केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले उनलाई मुख्यसचिव नियुक्ति गर्ने तयारी छ । मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् । वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव हुन् अर्याल । उनी हाल रक्षा मन्त्रालयमा छन् । अर्याल यसअघि […]

पूरा पढ्नुहोस्

चार मन्त्रीको नाम टुंगो लाग्यो, आजै शपथ

 कात्तिक ९, काठमाडौं । सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ । नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाको आयोजना तथा ओरेगन समाजको सहयोगमा बारपाकमा छात्रवृत्ति वितरण

गोरखा, बारपाक ।  सेवा र विकासका लागि युवाको आयोजना र अमेरिकास्थित ओरेगन नेपाली समाजको सहयोगमा बारपाकस्थित श्री बागेश्वरी आधारभूत विद्यालयकी कक्षा ८ की विद्यार्थीनी सुश्री अन्जिता गुरुङलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम विद्यालय परिसरमै सम्पन्न भएको थियो। उक्त छात्रवृत्ति वितरणले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्। विद्यालयका […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा BBS तेस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौं, असोज ३० । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले वाणिज्य संकाय (Faculty of Management) अन्तर्गतको BBS तेस्रो वर्षको परीक्षा नतिजा सार्वजनिक गरेको छ। विश्वविद्यालयले बिहीबार जारी सूचना अनुसार विद्यार्थीहरूले आफ्नो नतिजा result.tuexam.edu.np मार्फत अनलाइन हेर्न सक्नेछन्। यसअघि सञ्चालन भएको परीक्षा देशभरका विभिन्न परीक्षा केन्द्रहरूमा सम्पन्न गरिएको थियो। नतिजा प्रकाशनसँगै विश्वविद्यालयले उत्तरपुस्तिका पुनरावलोकन (re-totaling) चाहने […]

पूरा पढ्नुहोस्