- ९ मंसिर २०८२, सोमबार १६:१८
काठमाडौं । सुमनराज नयाँ मुख्यसचिव बन्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार आज केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले उनलाई मुख्यसचिव नियुक्ति गर्ने तयारी छ । मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् ।
वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव हुन् अर्याल । उनी हाल रक्षा मन्त्रालयमा छन् ।
अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका व्यक्ति हुन् । उनले प्रशासनिक सुधार, नीति निर्माण र संघीय संरचनामा व्यवहारिक नेतृत्व देखाएका छन् ।
वरीयताको पहिलो नम्बरमा रहेका गोकर्णमणि दुवाडी पहिलो दाबेदार भएपनि जेनजी आन्दोलनताका गृहसचिव रहेका उनी आन्दोलनको क्षति, बल प्रयोग, राजनीतिक निर्णय र कार्यान्वयनमा जोडिएकाले उनको दाबेदारी कमजोर भएको हो । अहिले जाँचबुझ आयोगले ‘विदेश जान निषेध’ समेत गरिसकेको छ ।










प्रतिकृया दिनुहोस्