- ३० आश्विन २०८२, बिहीबार १९:५६
काठमाडौं, असोज ३० । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले वाणिज्य संकाय (Faculty of Management) अन्तर्गतको BBS तेस्रो वर्षको परीक्षा नतिजा सार्वजनिक गरेको छ। विश्वविद्यालयले बिहीबार जारी सूचना अनुसार विद्यार्थीहरूले आफ्नो नतिजा result.tuexam.edu.np मार्फत अनलाइन हेर्न सक्नेछन्।
यसअघि सञ्चालन भएको परीक्षा देशभरका विभिन्न परीक्षा केन्द्रहरूमा सम्पन्न गरिएको थियो। नतिजा प्रकाशनसँगै विश्वविद्यालयले उत्तरपुस्तिका पुनरावलोकन (re-totaling) चाहने विद्यार्थीहरूलाई तोकिएको समयसीमा भित्र आवेदन दिन पनि आग्रह गरेको छ।
त्रिभुवन विश्वविद्यालयले पछिल्ला वर्षहरूमा अनलाइन माध्यमबाट नतिजा प्रकाशन प्रणालीलाई व्यवस्थित र छरितो बनाउन डिजिटल प्रणालीलाई प्राथमिकता दिँदै आएको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्