उपत्यका
ख्वपा कलेजका राेचक श्रेष्ठ सिए परिक्षामा नेपाल टप
फागुन २६, भक्तपुर । भक्तपुरको ख्वप माध्यमिक विद्यालयका विद्यार्थी रोचक श्रेष्ठ नेपाल टपर भएका छन् । विद्यालयका कक्षा ११ र १२ उत्तीर्ण भई गएका विद्यार्थी श्रेष्ठ चाटर्ड एकाउन्ट (सिए) परीक्षामा नेपाल टपर हुन सफल भएका हुन् । ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका भाइस प्रिन्सिपल विष्णुप्रसाद किसीका अनुसार रोचकले विद्यालयका विज्ञान संकाय पढेका थिए। उनका अनुसार […]
पूरा पढ्नुहोस्राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनकाे अध्यक्षमा हमाल
फागुन २५, काठमाडाैँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)को सातौँ महाधिवेशनले सर्वसम्मतका आधारमा नयाँ कार्यसमिति चयन गरेको छ । बाँकेको नेपालगञ्जमा आयोजित महाधिवेशनले पाण्डव हमाल ठकुरीलाई अध्यक्ष र सुवास न्यौपानेलाई सहअध्यक्ष चयन गरेको छ । तीन वर्षे कार्यकालमा दुवै जनाले आलोपालो नेतृत्व सम्हाल्नेछन् । सुरुको डेढ वर्ष हमालले र त्यसपछिको डेढ […]
पूरा पढ्नुहोस्
आर्को दुखद खबर एकै परिवारका पाँच जना बेहोस, एक जनाको ज्यान गयाे
फागुन २४, काठमाण्डाै । काठमाण्डौको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको उपचार भइरहेको छ । नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी […]
पूरा पढ्नुहोस्
राष्ट्रिय युवा परिषदले मनायो सातौं स्थापना दिवस
फागुन १९, काठमाडौँ । भक्तपुर । राष्ट्रिय युवा परिषदले सातौं स्थापना दिवस मनाएको छ । वि.सं. २०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद, ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना दिवस मान्दै आएको छ। विहिवार सानोठिमी स्थित परिषद परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विभिन्न मन्त्रालयमा छरिएका युवा लक्षित कार्यक्रमहरु एकीकृत […]
पूरा पढ्नुहोस्
चैत्र १८ देखि २० सम्म हिमालय हाइड्रोपावर एक्स्पो हुने
फागुन १८, काठमाडौँ । आगामी चैत्र तेस्रो साता राजधानीको भृकुटीमण्डपमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ आगामी चैत्र १८ देखि २० गतेसम्म हिमालयन हाइड्रो एक्स्पो २०२२ सञ्चालन हुन लागेको […]
पूरा पढ्नुहोस्
नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो
११ फागुन, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि आज बुधबारदेखि खुला भएको हाे । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने […]
पूरा पढ्नुहोस्
उपत्यकामा नयाँ स्मार्ट सिटी बनाउने गृहकार्य शुरु, प्रस्तावित लागत पौने ३ खर्ब
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले इशान शहरबाट उपत्यकाका नयाँ स्मार्ट सिटी बनाउन गृहकार्य शुरु गरेको छ । प्राधिकरणले उपत्यकामा ४ स्मार्ट सिटी बनाउने भनिएकोमध्ये प्राधिकरणले इशान शहरबाट शुरु गर्नका लागि गृहकार्य शुरु गरेको हो । प्राधिकरणले १ लाख ३० हजार रोपनीमा उपत्यकामा स्मार्ट सिटी बनाउने भनिएको थियो । जसमा १ लाखको क्षेत्रफलमा ठूलो शहर […]
पूरा पढ्नुहोस्
३२ बर्षे सुमित खरेलले गरे नगर प्रमुखमा उम्मेदवारी घोषणा
काठमाडौं, शनिवार ७ फागुन बूढानीलकण्ठ नगरपालिकाको नगर प्रमुख पदमा सुमित खरेलले उम्मेद्वारी घोषणा गरेका छन्। ३२ वर्षे युवा खरेलले सुचना प्रविधी व्यवस्थापनमा स्नातक गरेका छन् भने अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेका छन्। टिच फर नेपालको २ वर्षे फेलोसिप गर्नुको साथै अमेरिकाको सान डिएगो काउन्टीमा ५ हफ्ते प्रोफेसनल फेलोसिप गरेका छन्। प्रत्येक राजनैतिक दलमा पुस्तान्तरणको कुरा उठ्ने तर […]
पूरा पढ्नुहोस्
विकास कि विनाश??
फागनु ३, काठमाडौं । काठमाडौं उपत्यकाको केही क्षेत्रमा पछिल्लो समय जमिनको खण्डीकरण बढिरहेको छ। कुनै अध्ययन अनुसान्धान विना आफूखुसी गरिएका यस्ता प्लटिङले उपत्यका आसपासको सुन्दरता हराउँदै गएको छ। ठुला ठुला भवनहरु र अपाट्मेन्ट बनाउने होडबाजिमा काठमाडौँ उपत्यका भित्र पर्ने केही डाँडाहरुको स्वरुपनै परिवर्तन गरेर धमाधम डाँडाहरुलाई भत्तकाएर अलग अलग घडेरी बनाई रहेका छन् । विगत […]
पूरा पढ्नुहोस्
यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]
कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ७० देखि ८० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य २५ रुपैयाँदेखि २७ रुपैयाँसम्म कायम गरिएको छ । यस्तै सुकेको प्याज (भारतीय) ६० देखि ६३ रुपैयाँ प्रतिकिलोका दरले कारोबार भइरहेको छ । हेर्नुस् […]
पूरा पढ्नुहोस्







