खेलकुद

डार्टस् ड्यास टुर्नामेन्ट सम्पन्न

  काठमाडौं । नेपाल डार्टस् एसोशियसन र अल्टिमेट इभेन्टको आयोजनामा डार्टस् ड्यास टुर्नामेन्ट सम्पन्न भएको छ । काठमाडौंको लुना रेस्टुरेन्टमा साउन ५ गते शनिवार आयोजना भएको प्रतियोगितामा देशैभरबाट छनौट भएका उत्कृष्ट ३२ खेलाडीहरू बीच प्रतिस्प्रधा भएको हो । अल्टिमेट इभेन्टले प्रतियोगितालाई प्रयोजन गरेको हो । प्रतियोगितामा प्रजित बस्नेत प्रथम भएका छन् भने प्रविन ढुंगाना दोस्रो […]

पूरा पढ्नुहोस्

सत्र वर्षपछि भारतले जित्यो आईसीसी टी-२० विश्वकप

काठमाडौं । भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप उपाधि जितेको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी-२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो । भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी-२० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो । बार्बाडोसस्थित किङ्सटाउन […]

पूरा पढ्नुहोस्

बंगलादेशविरुद्ध नेपालले चौथो विकेट गुमायो, आसिफ आउट

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । आसिफ शेख १७ रन बनाएर आउट भएका हुन् । नेपालले ५.४ ओभरमा ४ विकेटको क्षतिमा २४ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पूरा पढ्नुहोस्

खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच खेलकुद शिक्षाका लागि सम्झौता

खेलकुद शिक्षा सम्बन्धी शैक्षिक कार्यक्रमको विकास गर्ने लक्ष्यसहित युवा तथा खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। विश्वविद्यालयमा खेलकुद सम्बद्ध अध्ययन तथा अध्यापनका लागि छोटो अवधिको कोर्स, स्नातक, स्नातकोत्तर र विद्यावारिधिका लागि सम्भाव्यताको खोजी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। बुधबार सिंहदरबारस्थित मन्‍त्रालयमा निमित्त सचिव शिवप्रसाद रेग्मी र काठमाडौं विश्वविद्यालयका उपकुलपति […]

पूरा पढ्नुहोस्

छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल भोलिबाट शुरु हुने

चैत २५, काठमाडौं । छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता–२०८० भोलिबाट शुरु हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा छहारी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन चैत्र २६ गते सोमवार गोकर्णेश्वर ८ स्थित नेपालय पब्लिक स्कुलमा बिहान ११ बजे हुनेछ । छैठौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा १३ विद्यालयले सहभागिता […]

पूरा पढ्नुहोस्

तथा खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त

नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले आज खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन सक्दो प्रयास गर्ने बताए । उनले खेलाडीलाई खेल मैदानसँग जोडिरहन, मनोबल बढाउन, खेलमार्फत राष्ट्रको गरिमा […]

पूरा पढ्नुहोस्

जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको खेलकुद सप्ताह -२०८० सुरु

काठमाडौं, जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गत काठमाडौ महानगरपालिका -६ शान्तिनगरस्थित ईन्टरनेशनल जोसेफ पब्लिक स्कुल र बूढानीलकण्ठ – १० मिलनचोकस्थित जोसेफ हाई स्कुलमा शैक्षिक सत्र २०८० को खेलकुद सप्ताह शुरु भएको छ। जोसेफ एजुकेसनल नेटवर्कका संस्थापक प्राचार्य सूर्यबहादुर अधिकारीले भव्य खेलकुद झाँकि, सांस्कृतिक कार्यक्रमसहित सुरु गरिएको शैक्षिक सत्र – २०८० को खेलकुद सप्ताहको उद्घाटन गरेका थिए। उद्घाटन […]

पूरा पढ्नुहोस्

विश्वविद्यालय खेलकुदको पहिलो संस्करण २२ माघदेखि

२१ माघ, काठमाडौं । विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो संस्करण माघ २२ र २३ गते काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न १० विश्वविद्यालयका विद्यार्थीले एथ्लेटिक्स, भलिबल, टेबल टेनिस र ब्याडमिन्टन खेलमा सहभागी हुनेछन् । जसमा कुल २३ स्वर्ण, २३ रजत र २३ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं […]

पूरा पढ्नुहोस्

सुन्ताखान युवा क्लबद्धारा आयाेजित  दशैं विशेष  तेस्रो  सुन्ताखान् फुटसल कप सम्पन्न

असाेज ३०, काठमाडौं ।  गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान युवा क्लबद्धारा आयाेजित  दशैं विशेष  तेस्रो  सुन्ताखान् फुटसल कप सम्पन्न भएको छ । गाेकर्णेश्वर नगरपालिका  युवा तथा खेलकुद समितिकाे सहयोगमा   असाेज २८ गतेदेखि आयोजना भएको दशैं विशेष सुन्ताखान युवा क्लबकाे सुन्ताखान् फुटसल कप मंगलबार सम्पन्न भएको हाे । फुटसल कपकाे समापन समारोहकाे  पुरस्कार वितरण कार्यक्रमका  […]

पूरा पढ्नुहोस्

आठौं बूढानीलकण्ठ नगर‍कप फुटबल प्रतियोगिता असोज २८ गते बाट हुने

  असाेज २४,  बूढानीलकण्ठ ।  आठौँ बूढानीलकण्ठ ‘नगर कप’ फुटबल प्रतियोगिता असोज २८ गतेबाट सुरु हुन लागेको छ  । बूढानीलकण्ठ युवा समाज द्वारा आयोजना हुन लागेको वडा स्तरीय  खेलमा नगरपालिकाका बिभिन्न वडाका फुटबल टिमले प्रतिस्पर्धा गर्न लागेका छन् । आयोजक युवा समाजले प्रतियोगिताको सम्पुर्ण तयारी भईसकेको जानकारी गराउँदै यहि असोज २७ गते बिहान ८ः३० बजे […]

पूरा पढ्नुहोस्