प्रदेश १
भारतको सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण
काठमाडौं- ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरे । […]
पूरा पढ्नुहोस्
भोजपुरमा आगलागीमा परेर तीन बालबालिकाको मृत्यु
भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनाको थप विवरण आइसकेको छैन।
पूरा पढ्नुहोस्
गाउँपालिकाले सुरु गर्याै लोकसेवा-शिक्षक आयोगको तयारी कक्षा
भोजपुर- हतुवागढी गाउँपालिकाले लोकसेवा तथा शिक्षासेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो। लोकसेवा र शिक्षकसेवा आयोगले लिने परीक्षा तयारीका लागि टाढा जानुपर्ने र धेरै शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउँदै स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा […]
पूरा पढ्नुहोस्
सुचनाको हकका लागि राष्ट्रिय महासंघ द्वारा कानुन विपरित कार्य, संस्था खारेजीको माग गर्दै सूचना अभियन्ता तिवारी
असोज २२, काठमाडौँ । लामो समय बीबीसीमा कार्य गरेका धनगढीका उमिद बागचन्द अध्यक्ष रहेको सूचनाको हकका लागि राष्ट्रिय महासंघ बिबादमा आएको छ । सरकारी निकायलाई धम्काएर थर्काएर सूचनाको हकको कानुन दुरूपयोग भयो भन्ने आवाज सरकारी निकायका कर्मचारीले लगाइरहेका बेला संस्थागतारूपमै सरकारी कर्मचारीलाई मनोवैज्ञानिक त्रास देखाएर अभियन्ताहरू कमाउ धन्दामा लागेको आरोप उत्कृस्ट सूचना अभियन्ता इस्वरा तिवारी […]
पूरा पढ्नुहोस्
नेपाललाई जातीय द्वन्द्वमा पुर्याउने प्रयास, पूर्वमा देखिदै छ संकेत
भदौ ४, चितवन । श्याम खनाल सनातन वैदिक राष्ट्र नेपालमा विभिन्न जातजातीका मानिसहरू परापूर्वकालदेखि आनन्दसँग जीवनयापन गरिरहेका थिए । धर्मले यिनीहरूलाई जोडेको थियो । सबै आ–आफ्ना कर्मप्रति बफादार थिए । ब्राह्मण भन्नेहरूले लोभ नगरिकनै धर्मले बताए अनुसार बैदिक यज्ञ अनुष्ठानादी कर्म गर्दथे । अरू वर्णका मानिसप्रति पनि उत्तिकै सम्मानसाथ भेदभावरहित र मोजमजाकरहित तपोमय जीवन उनीहरूको वित्दथ्यो । त्यस्तै क्षत्रीयहरू पनि […]
पूरा पढ्नुहोस्
कोसी ब्यारेजका सबै ढोका खुल्ला गरियो
मोरङ- कोसी ब्यारेजको सबै ढोका खुल्ला गरिएको छ। नदीमा पानीको अवस्था हेरिकन हाल ब्यारेजको ५६ ढोका नै खुला गरिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। ब्यारेजको ५६ ढोका खुला गरिएसँगै पानीको बहाव भने कम हुँदै गएको प्रवक्ता राईले बताए। उनका अनुसार सोमबार बिहान नदीमा पानीको बहाव ४ लाख […]
पूरा पढ्नुहोस्
कोशी प्रदेशमा सातौं र आठौं तहमा डेढ सय कर्मचारी माग
असार ११, काठमाडौं । कोशी प्रदेश सरकारले अधिकृत स्तर आठौं र सातौं तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सोमबार सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले प्राविधिक तथा अप्राविधिक तर्फ अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेकाहरुले ‘पीएससी अनलाइन डट जीओभी […]
पूरा पढ्नुहोस्
ओखलढुंगा माेलुङमा रहेकाे कुन्ता दर्शन विद्यालयमा परिषदद्वारा न्यायाे कपडा वितरण
पुस २१, ओखलढुंगा । विद्यार्थी परिषद् ओखलढुंगा नगरले कुन्ता दर्शन आ.विका बालबालिकाहरूलाई न्यानाे कपडा वितरण गरेकाे छ । विहिबार एक कार्यक्रमकाे आयोजनागरि प्रज्ञिक बिद्यार्थी परिषद् नेपाल ओखलढुंगा जिल्लाले माेलुङ -1 मा रहेको कुन्ता दर्शन आ.वि मा अध्ययनरत विद्यार्थी भाईबहिनि हरुलाई न्यानाे कपडा वितरण गरिएकाे हाे । वितरण कार्यक्रममादमाेलुङ गा.पा का उपप्रमुख उर्मिला खतिवडा , वडा […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषदद्वारा फिदिम माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
पुस १५, पाँचथर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पाँचथर फिदिम नगर एकाइद्वारा फिदिम माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा एक कार्यक्रमका बीच फिदिम नगर एकाइले शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामग्री वितरण कार्यक्रम पाँचथरका प्रमुख जिल्ला अधिकारी जीवन गैरेको उपस्थितिमा भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद ठाकुर, युवा […]
पूरा पढ्नुहोस्
लोक सेवा आयोग प्रदेश–१ ले माग्यो कर्मचारी
मङ्सिर २६, काठमाडौं । लोक सेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका आ।प्र।, खुला र समावेशी पदको पदका लागि आवेदन आह्वान गरिएको हो ।
पूरा पढ्नुहोस्







