- २९ श्रावण २०८०, सोमबार ०९:३६
मोरङ- कोसी ब्यारेजको सबै ढोका खुल्ला गरिएको छ।
नदीमा पानीको अवस्था हेरिकन हाल ब्यारेजको ५६ ढोका नै खुला गरिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।
ब्यारेजको ५६ ढोका खुला गरिएसँगै पानीको बहाव भने कम हुँदै गएको प्रवक्ता राईले बताए। उनका अनुसार सोमबार बिहान नदीमा पानीको बहाव ४ लाख ५२ हजार क्युसेक रहेको छ।
नदीमा आइतबार ४ लाख ६२ हजार क्युसेक पानीको बहाव रहेको थियो। हाल सो बहाव कम हुँदै गएको प्रवक्ता राईकाे भनाइ छ।
ब्यारेजको ढोका पुरा खुल्ला गरिए पनि पुलबाट सवारी आवातजावतमा कुनै अवरोध भएकाे छैन।
नदीमा पानीको बहाव कम भए पनि उच्च सतर्कताको लागि पुलमा रातो सांकेतिक बत्ती बालिएको प्रवक्ता राईले बताए।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्