शिक्षा

त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व अन्त्य गर्न गृहमन्त्री लेखकको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालयमा भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विश्वविद्यालयमा देखिएको द्वन्द्व नियन्त्रण गर्न गृह मन्त्रालयलाई प्रवेश गर्नुपर्ने स्थिति आएको बताएका छन् । उनले प्राध्यापकहरूको सुरक्षाका लागि पिएसओ खटाइएको जानकारी दिँदै, त्यस पिएसओ फिर्ता गर्न सक्ने वातावरण बनाउन पनि अनुरोध गरे । त्रिभुवन विश्वविद्यालयमा विभिन्न […]

पूरा पढ्नुहोस्

स्थानीय तहमा दरबन्दी हस्तान्तरणको विपक्षमा शिक्षक महासंघ, यस्ता छन् १० बुँदे माग

काठमाडौ । शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने शिक्षा विधेयकको व्यवस्थाप्रति नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफाबार छलफल गरेर प्रतिनिधिसभामा पेस गरेको विधेयकमा शिक्षक दरबन्दी मिलान गरी स्थानीय तहमा हस्तान्तरण गर्ने उल्लेख छ । यस्ता छन् शिक्षक महासंघको माग अस्थायी शिक्षकलाई ७५ प्रतिशत आन्तरिकबाट स्थायी गर्नुपर्ने गोल्डेन ह्यान्डसेकअन्तर्गत दिइने रकम […]

पूरा पढ्नुहोस्

निजी विद्यालयको आन्दोलनका थप कार्यक्रम घोषणा, अरू २ संगठन पनि मिसिए

काठमाडौं । संसदमा पेश गरिएको विद्यालय शिक्षा विधेयक निजी विद्यालय हित विपरीत रहेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरीत रहेको र सो सन्दर्भमा प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले संयुक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका थिए । पहिलो चरणका […]

पूरा पढ्नुहोस्

शितलामा बधाई, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

काठमाडौँ, भदौ ६। काठमाडौँ महानगरपालिका–१६ बालाजुहाइटस्थित शितला माध्यमिक विद्यालयले शुक्रवार भव्य रूपमा बधाई, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल सरकारका पूर्व खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री तथा बागमती प्रदेशसभा सदस्य माननीय बसन्त प्रसाद मानन्धर प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालयलाई पछिल्ला दुई वर्षयता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने दाताहरूसँगै, शैक्षिक क्षेत्रमा […]

पूरा पढ्नुहोस्

डोटीका विद्यार्थीलाई सेवा र विकासका लागि युवाले शैक्षिक सामग्री वितरण

डाेटी  भदौ ६ । सेवा र विकासका लागि युवाद्वारा आयोजित तथा विद्यार्थी परिषद्को समन्वयमा डोटीको सिलिगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सह–संगठन सचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव प्रेम बोहोरा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र भट्ट, नगरपालिकाका स्रोत व्यक्ति लक्ष्मीराज ओझा, दीपायल सिलीगढी नगरपालिका–६ […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयले BBS चौथो वर्षको नतिजा सार्वजनिक हेर्नुस्

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले वाणिज्य संकाय (BBS) चौथो वर्षको नतिजा सार्वजनिक गरेको छ । विद्यार्थीहरूले आफ्नो नतिजा हेर्नका लागि विश्वविद्यालयको आधिकारिक वेबसाइट http://result.tuexam.edu.np मा गई विवरण भर्न सक्नेछन्। नतिजा सार्वजनिक भएसँगै हजारौं विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रा अर्को चरणतर्फ अघि बढाउने अवसर पाउनेछन्। विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशित गर्ने कार्यलाई निरन्तरता […]

पूरा पढ्नुहोस्

विधेयकको विरोधमा निजी विद्यालयका प्रतिनिधिको मार्च, तस्बिरहरू

काठमाडौँ।  आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)ले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् । आज बिहान मात्रै उनीहरूले आफ्ना सवारी चक्रपथमा परिक्रमा गराएका थिए । विद्यालयहरूको छाता संगठनहरूले ८ […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयकप्रति शिक्षक महासंघको आपत्ति, आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो। विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै […]

पूरा पढ्नुहोस्

मणिलिङ्गेश्वर स्कुलको शैक्षिक स्तर र सुविधा सुधार हुँदै

कागेश्वरी–मनोहरा नगरपालिका १ मा रहेको मणिलिङ्गेश्वर आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्री वितरण भएको छ । ड्रिम एडरेम सेन्टर चाइनाको सहयोगमा रेन्बो भोलुन्टर क्लबको सहकार्यमा विद्यालयलाई विभिन्न सामग्रीहरु वितरण गरिएको हो । भदौ २ गते सोमवार विद्यालयलाई १ थान स्मार्ट बोर्ड, टेबलसहितको ३ थान कम्प्युटर र विद्यार्थीहरुका लागि ९४ थान ब्याग, स्शेनरी सामग्री, ब्रस, मञ्जन लगाएत […]

पूरा पढ्नुहोस्

पारित गरिएको शिक्षा विधेयक प्रति निजी विद्यालयहरूको आक्रोश, आन्दोलन नरोकिने

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज पारित गरेको विद्यालय शिक्षा विधेयक प्रति निजी विद्यालयहरूले असन्तुष्ट व्यक्त गरेका छन् । निजी विद्यालयहरू सडकमा रहेकाबेला आन्दोलनलाई सम्बोधन नगरी पारित गरिएको विधेयकको मान्यता नहुने भन्दै असन्तुष्ट व्यक्त गरेका हुन् । प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयले राखेका मागका विषयमा सरकारले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने बताए । उनले […]

पूरा पढ्नुहोस्