- ६ भाद्र २०८२, शुक्रबार १०:५०
कागेश्वरी–मनोहरा नगरपालिका १ मा रहेको मणिलिङ्गेश्वर आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्री वितरण भएको छ । ड्रिम एडरेम सेन्टर चाइनाको सहयोगमा रेन्बो भोलुन्टर क्लबको सहकार्यमा विद्यालयलाई विभिन्न सामग्रीहरु वितरण गरिएको हो ।
भदौ २ गते सोमवार विद्यालयलाई १ थान स्मार्ट बोर्ड, टेबलसहितको ३ थान कम्प्युटर र विद्यार्थीहरुका लागि ९४ थान ब्याग, स्शेनरी सामग्री, ब्रस, मञ्जन लगाएत खेलकुद सामाग्री हस्तान्तरण भएको थियो ।
विद्यार्थी सख्या घटेर मर्ज हुन लागेको विद्यालयलाई प्रविधिमैत्री, सुविधासम्पन्न बनाई गुणस्तरीय शिक्षा दिने गरी विद्यालय सुधारका कार्यहरु भईरहेको अध्यक्ष सुजन अधिकारीले बौद्ध खबरलाई बताउनु भयो ।
प्रधानाध्यापक रमेश कुमार दाहाल र विव्यस अध्यक्ष सुजन अधिकारीको टिमले विद्यालयलाई मर्ज हुन नदिई विद्यालयलाई आधुनिकीकरण गर्दै सुविधासम्पन्न बनाई स्थानीय क्षेत्रमा गुणस्तरीय शिक्षा दिने गरि विद्यालय सुधारका कार्य गर्दै आएका छन् ।
विद्यालयको सुधारका लागि अधिकारी सहितको टिमले स्थानीय निकाय र संघसंस्थासँग सहकार्यको पहल गर्दै आएको छ । सामुदायिक विद्यालयको सुधारले स्थानीय क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले सुधारकार्यलाई प्राथमिकता दिएर कार्य गरिरहेको अध्यक्ष अधिकारीले बताए ।










प्रतिकृया दिनुहोस्