- ७ भाद्र २०८२, शनिबार १२:०८
डाेटी भदौ ६ । सेवा र विकासका लागि युवाद्वारा आयोजित तथा विद्यार्थी परिषद्को समन्वयमा डोटीको सिलिगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सह–संगठन सचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव प्रेम बोहोरा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र भट्ट, नगरपालिकाका स्रोत व्यक्ति लक्ष्मीराज ओझा, दीपायल सिलीगढी नगरपालिका–६ का वडा अध्यक्ष नरेश मलासी, विद्यालयका प्राचार्य केशवराज ओझा, परिषद्का केन्द्रीय सदस्य प्रदीप भट्ट, राष्ट्रिय वाणिज्य बैंक सिलीगढी शाखाका प्रबन्धक तेजराज जोशीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू उत्साहित भएका थिए भने विद्यालय प्रशासनले यस्तो सहयोगले शिक्षामा थप उत्साह जगाउने विश्वास व्यक्त गरेको छ ।
तस्वीरहरू











प्रतिकृया दिनुहोस्