शिक्षा

त्रिभुवन विश्वविद्यालयले चार वर्षीय बी.एड. चौथो वर्षको नतिजा प्रकाशित

काठमाडौं, भदौ १२ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०८१ सालमा सञ्चालन गरिएको चार वर्षीय बी.एड. (Bachelor of Education) चौथो वर्षको नियमित, आंशिक तथा मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कार्यालयका अनुसार परीक्षाफल विश्वविद्यालय परीक्षा समिति (स्नातक तह) को निर्णयअनुसार प्रकाशित गरिएको हो। विद्यार्थीहरूले आफ्नो नतिजा त्रिभुवन विश्वविद्यालयको आधिकारिक पोर्टल result.tuexam.edu.np मा हेर्न सक्नेछन्। […]

पूरा पढ्नुहोस्

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ । निजी विद्यालयले क्रमश: […]

पूरा पढ्नुहोस्

निजी विद्यालय संचालकहरूले अबकाे शिक्षा ऐन अस्विकार गर्ने

काठमाडौं । निजी विद्यालय संचालकहरुको छाता संगठन प्याब्सन, नेसनल प्याब्सन, हिसान लगाएत मिलेर गठन गरिएको संयुक्त आन्दोलन परिचालन समितिले शिक्षा मन्त्रालयद्वारा प्रस्तावित ‘ विद्यालय शिक्षा ऐन ’ को विरुद्ध संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर असहमति जनाएका छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान लगाएत मिलेर गठन संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा ऐनले निजी क्षेत्रको […]

पूरा पढ्नुहोस्

निजि विद्यालयको आन्दोलन : केयू सँगका सम्पुर्ण सम्झौता भङ्ग गर्न निर्देशन

भदौ, १२ ,  काठमाडौँ । काठमाडौँ विश्वविद्यालयकाको स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बालचन्द्र लुइँटेलले व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति निकालेर काठमाडौँ विश्वविद्यालयसँगको सम्झौता भंग गर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् । निजी विद्यालय संचालकहरुको छाता संगठन प्याब्सन, नेसनल प्याब्सन, हिसान लगाएत मिलेर गठन गरिएको संयुक्त आन्दोलन परिचालन समितिले प्रेस बिज्ञप्ति […]

पूरा पढ्नुहोस्

रामेछापमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रामेछाप, भदौ ७ । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर २ र ३ का विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। शुक्रवार आयोजित कार्यक्रममा प्रमुख अतिथि खाँडादेवी गाउँपालिका उपप्रमुख रमा घिसिङ, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय महासचिव दिनेश कार्की, वडा नम्बर २ का वडा अध्यक्ष केशव कुमार प्रधान, वडा नम्बर ३ का वडा […]

पूरा पढ्नुहोस्

शिक्षा ऐनमा आफ्नो माग पूरा नभएको भन्दै शिक्षक महासङ्घको आन्दोलन पुन: शुरू

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा समितीमा पारित गरि संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयकबारे असहमति जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि आन्दोलन शुरू गरेको छ । मगासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत शिक्षक नेताहरू आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्यालय, शिक्षामन्त्री र दलका सचेतकहरूलाई भेटेर विधेयकमा छुटेका विषय सम्बोधनका लागि ध्यानाकर्षण गराएका छन् । महासंघले २०७५, २०७८ र २०८० सालमा […]

पूरा पढ्नुहोस्

शिक्षक महासंघ र निजी विद्यालयका सञ्चालक आन्दोलनमा

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै नेपाल शिक्षक महासंघले सोमबारदेखि आन्दोलन थालेका छन् भने निजी विद्यालय सञ्चालकहरूको आन्दोलन पाँच दिनदेखि जारी छ। निजी विद्यालय सञ्चालकहरूले माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन्। उनीहरूले कालोपट्टि बाँधेर विरोध गरेका थिए। निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउनुपर्ने र १० देखि १५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने विधेयकको व्यवस्था हटाउनुपर्ने […]

पूरा पढ्नुहोस्

आजदेखि पुनः देशव्यापी आन्दोलन गर्दै शिक्षक महासंघ, सरकारले सहमति उल्लंघन गरेको दाबी

काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आज सोमबारदेखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ । गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो । तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको भन्दै महासंघ पुनः आन्दोलनमा होमिएको हो । […]

पूरा पढ्नुहोस्

निजी विद्यालयका संगठनहरूले सभामुखलाई विद्यालय शिक्षा विधेयक संशोधन माग गर्दै बुझाए पत्र

काठमाडौं, भदौ ८ । निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्राइवेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेशन नेपाल (PABSON), नेशनल प्राइवेट एण्ड बोर्डिङ स्कूल्स असोसिएशन नेपाल (N-PABSAN) र हिमालयन स्कूल्स असोसिएशन नेपाल (HISSAN) ले विद्यालय शिक्षा विधेयक संशोधनका लागि दबाब सिर्जना गरेका छन्। यी संस्थाहरूले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष  नारायण दाहाललाई आइतबार एकैसाथ […]

पूरा पढ्नुहोस्

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध ‘जाग नेपाली’ले आन्दोलनको घोषणा गरेको छ। सरकारको कदम नेपालको लिपि मेट्ने षड्यन्त्रअन्तर्गत भएको भन्दै जाग नेपाली आन्दोलनमा होमिएको संयोजक डा. दीपेश केसीले जानकारी दिए। रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी जाग नेपालीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रममा देवनागरी लिपि मेटेर रोमन लिपि राख्न बाध्य […]

पूरा पढ्नुहोस्