शिक्षक

आन्दोलनको तयारीमा नेपाल शिक्षक महासंघ

 साउन  २५ ,काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । सरकारले आधिकारिक रुपमा मुख्य सरोकार पक्ष नेपाल शिक्षक महासङ्घसँग नयाँ ऐन सम्बन्धमा आवश्यक सहकार्य र छलफल नगरि शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि षडयन्त्र गर्न खोजेको भन्दै आन्दोलनको घोषणा गर्ने तयारी गरेको हो । महासंघको आज बसेको बैठकले दई चणमा आन्दोलन गर्ने […]

पूरा पढ्नुहोस्

आगामी याेजना तयार पार्न राहत शिक्षकहरूकाे अन्तरक्रिया कार्यक्रम

सम्पुर्ण राहत शिक्षकहरु एक हौ’ भन्ने मुल नाराका साथ नेपाल राहत शिक्षकहरुको संयुक्त भेला मंगलबार दंगिशरण गाउँपालिका वडा नम्बर ६ स्थित श्री सिद्ध पृथ्वी जनता माद्यामिक विद्यालय श्रीगाउँमा सम्पन्न भएको छ। नेपाल राहत शिक्षक शान्तिनगर, बबई र दंगिशरणको संयुक्त आयोजनामा नेपाल राहत शिक्षक केन्द्रिय समितिको सर्कुलर अनुसाए संघिय शिक्षा ऐनको टेबुलेसन हुने सन्दर्भमा राहत शिक्षकहरुको […]

पूरा पढ्नुहोस्

सशक्त सडक आन्दोलनमा जुटदै राहत शिक्षक

विद्यालय शिक्षा सम्बन्धी विधेयक (संघीय शिक्षा ऐनको मस्यौदा) संसद्‌‍‍मा टेबुल नहुँदै विरोध सुरु भएको छ। मन्त्रिपरिषद्ले प्रतिनिधिसभामा टेबुल गर्नका लागि स्वीकृत गरेको थियो। विधेयकमा आफ्ना र विगतमा सरकारसँग भएका सहमति नसमेटिएको भन्दै राहत शिक्षकहरू आन्दोलित भएका हुन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलनका लागि तयारी रहन मातहतका समितिहरूलाई निर्देशन दिएको छ। नेपाल राहत शिक्षक आन्दोलन परिचालन […]

पूरा पढ्नुहोस्

छयालीस हजार दरबन्दी खुल्दै

 साउन १८, काठमाडौं । ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। सो विधेयक अझै सार्वजनिक भने भएको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च स्रोतले विधेयकमा राहत शिक्षक कोटालाई […]

पूरा पढ्नुहोस्

प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको परीक्षा मिति परिवर्तन

साउन १५, काठमाडौं ।   शिक्षा सेवा आयाेगले   प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको विषयगत परीक्षा २०८० को परीक्षा मिति परिवर्तन गरेकाे छ । साेमवार एक सार्वजनिक सुचना जारि गर्दै परिक्षाकाे मिति परिवर्तन गरेकाे जानकारी दिएकाे छ । http://web link: https://bit.ly/datechanged

पूरा पढ्नुहोस्

कर्मचारी र इसीडी राहतलगायत सबै शिक्षकका माग सम्बोधन गर्ने

 साउन १४, काठमाडौं ।  शिक्षक हकहित मञ्चले  कर्मचारी र इसीडी राहतलगायत सबै शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेकाे छ ।     शिक्षक हकहित मञ्च नेपाल चितवनले आफ्नो अधिवेशनमा उक्त माग गरेको हाे  । अधिवेशनमा दिनेश प्रजाको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा ज्योति गुरुङ, महिला उपाध्यक्षमा बबिता शर्मा, सचिवमा […]

पूरा पढ्नुहोस्

निजी विद्यालयका शिक्षकलाई सामुदायिक स्कुल सरह सेवा सुविधा दिन निर्देशन

साउन-दिन फिदिम नगरपालिकाले निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब र सुविधा दिन निर्देशन दिएको छ । संस्थागत विद्यालयका शिक्षक र कर्मचारीले अत्यन्त न्यून तलब र सुविधामा काम गरिरहेको गुनासो प्राप्त भएको भन्दै नगरपालिकाले निजी विद्यालयहरुलाई सामुदायिक स्कुल सरह तलब स्केल दिन निर्देशन दिएको हो । प्रमुख प्रशासकीय अधिकृत प्रविणहाङ योङहाङले हस्ताक्षर […]

पूरा पढ्नुहोस्

निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुल्ला

काठमाडौं : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ। कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ। शिक्षक  सेवा  आयोगको  साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्। आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ […]

पूरा पढ्नुहोस्

छात्रवृत्तिमा कडाइ गर्दै स्थानीय सरकार

विराटनगर महानगरपालिकाले छात्रवृत्ति विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको हिजो बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरुमाथि कानुनी कारबाही अगाडि बढाउने निणर्य गरेको हो । शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि कक्षा १० सम्म अध्ययन […]

पूरा पढ्नुहोस्

समग्र शैक्षिक चिन्तनका निम्ति प्राज्ञिकद्वारा वीरगन्जमा शिक्षा कार्यशाला आयोजना

 असार ३०, वीरगन्ज ।  देशको समग्र शैक्षिक चिन्तनका निम्ति  प्राज्ञिक विद्यार्थी परिषद् नेपालले वीरगञ्जमा  एक दिने शिक्षा कार्यशाला सम्पन्न गरेको छ  । प्राज्ञिकको जानकी प्रदेश ( मधेस प्रदेश) काे आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक प्रदेश स्तरीय शिक्षा कार्यशाला  आयोजना गरेकाे हाे । कार्यशालामा  देशकाे वर्तमान शैक्षिक अवस्थाकाे बारेमा  गम्भीर  विचार विमर्श […]

पूरा पढ्नुहोस्