- २५ श्रावण २०८०, बिहीबार २२:२४
महासंघको आज बसेको बैठकले दई चणमा आन्दोलन गर्ने निर्णय गरेकोे छ । पहिलो चरण अन्तर्गत २८ गते पालिकाहरुमा माग र सुझाबसहितको ज्ञापनपत्र बुझाउने, ३० गते जिल्लामा र ३२ गते प्रदेश सरकार समक्ष ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
त्यसैगरी शिक्षा ऐन सम्बन्धी विधेयक संसदमा पेश भएर सार्वजनिक भएपछि दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ । दोस्रो चरण अन्तर्गत काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने निर्णय गरेको छ ।
यस भन्दा अगाडि महासंघले विज्ञप्ति जारी गर्दै शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि हुने कुनै पनि प्रकारको षडयन्त्र वा धोकाका प्रयत्न नगर्न र गरे कडा प्रतिरोध गर्ने चेतावनी दिँदै आएको छ ।
साथै आन्दोलनबाट सिर्जना हुने परिणामप्रति सरकार आफू जिम्मेवार हुने कुरा अवगत गराउँदै शिक्षक–कर्मचारीको हकहित सुरक्षा र स्वभिमानका खातिर तुरुन्तै थालनी हुने आन्दोलनका लागि तम्तयार रहन सबै शिक्षक–कर्मचारीहरुलाई अपील गर्दै आएको छ ।
मन्त्रीपरिषद्को बैठकले साउन १६ गते विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई संघीय संसदमा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।










प्रतिकृया दिनुहोस्