वैदेशिक शिक्षा

९ महिनामा अध्ययनकाे नाममा विदेशियाे ९५ अर्ब ८५ करोड रुपैयाँ

काठमाडाैँ- नेपालबाट विदेश अध्ययनका नाममा गएकाे ९ महिनामा एक लाख विद्यार्थीले करिब १ खर्ब रुपैयाँ विदेश लगेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको हाे। अघिल्लो वर्ष ६७ अर्ब १९ करोड रुपैयाँ विदेशिएकाेमा यस वर्ष याे रकममा वृद्धि भएकाे छ। शैक्षिक यात्राको नाममा दैनिक जसो हजारौँ बौद्धिक […]

पूरा पढ्नुहोस्

क्यानडा अध्ययनमा जाने नेपाली विद्यार्थीलाई सचेत हुन राजदूतावासको आग्रह

  काठमाडौँ , २० बैशाख। अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीहरूको सचेत हुन क्यानडास्थित नेपाली राजदूतावासले सूचना जारी गरेको छ । क्यानडाका विभिन्न शैक्षिक संघ–संस्थाहरूमा अध्ययनका लागि जाने तयारीमा रहेका र पुगेका नेपाली विद्यार्थीहरूलाई बुझेर मात्रै जान आग्रह गर्दै सचेत हुन भनिएको हो । सामाजिक सञ्जालका विज्ञापनमा मात्र भर परी भुक्तानी गरेर जाँदा ठगीमा पर्न […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस

सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिल उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । विश्वविद्यालयको उपकुलपति पदका लागि प्रा. डा. हेमराज पन्त, प्रा. डा. अक्कलदेव मिश्र र प्रा.डा.भवानीदत्त जोशीको नाम सिफारिस गरेको हो । समितिले १२ वैशाखमा उम्मेदवारहरुको विश्वविद्यालय सम्बन्धी सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनाको […]

पूरा पढ्नुहोस्

शैक्षिक परामर्श क्षेत्र नियमनका लागि गृह र श्रम मन्त्रालयसँग छलफल गरिने

शैक्षिक परामर्श क्षेत्र व्यवस्थापन र नियमन गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल अगाडी बढाएको छ । शैक्षिक परामर्श संस्थाहरूको व्यवस्थापन गर्न बनेको नियमावली कानुन मन्त्रालयबाट शिक्षा मन्त्रालयमा आएपछि प्रक्रियाका लागि छलफल अगाडि बढाएको हो । मन्त्रालय स्रोतका अनुसार नियमावली कार्यान्वयनमा ल्याउनका लागि गृह मन्त्रालय, श्रम मन्त्रालय र शिक्षा मन्त्रालय बसेर अगाडी बढ्ने तयारी […]

पूरा पढ्नुहोस्

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजको अनुगमन गरिने

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेका कलेजको अनुगमन गर्ने भएको छ । कलेजहरूको चौतर्फी अवस्था हेर्न र नियमन गर्नका लागि अनुगमन गर्ने भएको हो । मन्त्रालयमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेका कलेजको यस भन्दा अगाडि गरिएका अनुगमन फितलो भएको गुनासो आएपछि छुट्‍टै टोली गठन गरेर अनुगान […]

पूरा पढ्नुहोस्

गणित केन्द्रिय विभागद्वारा आयोजित कार्यशाला सम्पन्न

त्रिभुवन विश्व विद्यालय गणित केन्द्रिय विभागद्वारा चैत २२ र २३ गते दुई दिन आयोजित कार्यशाला सम्पन्न भएको छ । कार्यशाला climate Change: Modeling, Mitigation and adaptation विषयक रहेको र गणित केन्द्रिय विभाग सहित जल विज्ञान, मौसम विज्ञान, भू–विज्ञान, रसायन विज्ञान, पर्यावरण विज्ञान र भौतिक विज्ञान केन्द्रिय विभागहरुका बैज्ञानिक तथा शोर्धार्थी करिव १०० जना संलग्न रहेको […]

पूरा पढ्नुहोस्

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

 फागुन ३, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका हुन् । भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । ‘शिक्षाका लागि […]

पूरा पढ्नुहोस्

भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

फागुन ३, काभ्रे । काठमाडौं विश्वविद्यालयमा आयोजना हुने अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलनमा प्रधानमन्त्रीले उद्घाटन गर्दै छन् । काठमाडौं विश्वविद्यालयले आयोजना गर्ने उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा प्रधानमंत्री पुष्पकमल दाहालले बिहिवार उदघाटन गर्दै हुनुहुन्छ । उक्त कार्यक्रम बिहिवारदेखि शनिवारसम्म चल्दैछ । […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत् विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ । आवेदनअनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत् […]

पूरा पढ्नुहोस्

चौतर्फी दबाबपछि एनओसी रोक्ने नयाँ निर्देशिकाबाट पछि हट्यो सरकार

  काठमाडौं ६,  वैशाख । सरकारले वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) रोक्ने यसअघिको निर्णय पुनर्विचार गर्ने भएको छ । यसअघि सरकारले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ कार्यान्वयन नहुने भएको हो । उक्त निर्देशिका जारी भएसँगै विभिन्न देशमा अध्ययनका लागि जाने विद्यार्थीहरुको लागि एनओसी रोकिएको थियो । त्यससँगै वैदेशिक रोजगारीको लागि […]

पूरा पढ्नुहोस्