- १८ बैशाख २०८१, मंगलवार १३:२६
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेका कलेजको अनुगमन गर्ने भएको छ । कलेजहरूको चौतर्फी अवस्था हेर्न र नियमन गर्नका लागि अनुगमन गर्ने भएको हो ।
मन्त्रालयमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेका कलेजको यस भन्दा अगाडि गरिएका अनुगमन फितलो भएको गुनासो आएपछि छुट्टै टोली गठन गरेर अनुगान गर्न लागिएको जनाएको छ ।
अब गरिने अनुगमनमा नविकरणको अवस्था, कलेजको शुल्क, भौतिक संरचना, विश्वविद्यालयको सम्बन्धन र कार्यक्रम, विद्यार्थीको शुल्क पठाउने आधार, छात्रवृत्ति लगायत सम्पूर्ण पक्षहरू हेरीने र अनुगमनबाट आएको प्रतिवेदनका आधारमा मन्त्रालय अगाडि बढ्ने तयारीमा रहेको स्रोतको भनाई छ ।
यसबारे शिक्षा मन्त्री सुमना श्रेष्ठले पटक पटक चासो दिएपछि नयाँ अनुगमन टोलि कलेजमा पठाउन लागिएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यस भन्दा अगाडि गरिएका अनुगमनका प्रतिवेदन समेत नपाइएको, अनुगमन गरिएपनि आफूखुसी सञ्चालनमा रहेको, नविकरण, नाम परिवर्तन, सञ्चालन स्थान, कम्पनीको नाम, कलेजको नाम र कार्यक्रम परिवर्तन लगायतका विषयमा प्रक्रिया र मापदण्डमा कडाई नगरि फितलो बनाइएकोले अनुगमन गर्नुपर्ने अवस्था आएको जनाएको छ ।
साथै मन्त्रालयले कलेजको नियमनका लागि निर्देशिका समेत पुनरावलोकन गर्न समिति समेत बनाएको छ भने सम्बन्धनको अध्ययन गर्न पनि छुट्टै समिति बनाएको छ ।










प्रतिकृया दिनुहोस्