विश्वविद्यालय
त्रिविद्वारा एकैपटक ५ वटा बिषयकाे नतिजा प्रकाशन ( हेर्नुहाेस् )
असार १२, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकैपटक ५ वटा बिषयकाे नतिजा सार्वजनिक गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक र स्नातकोत्तर तहकाे नतिजा सार्वजनिक गरेकाे हाे । त्रविले MBA 3rd and 4th Sem; BTTM 5th Semester; BPA 5th and 7th Semester; BBA-F 5th and 7th Semester & BMS 5th and 7th Semester काे […]
पूरा पढ्नुहोस्
कोटाभन्दा बढी भर्ना गरेको भन्दै चक्रबर्ती हबि कलेजमा प्रदर्शन
असार १०, काठमाडौं। कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्दा आफूहरुको भविष्य अन्योलमा परेको भन्दै विद्यार्थीले काठमाडौंको चक्रवर्ती हबि एजुकेसन एकेडेमीमा प्रदर्शन गरेका छन । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर कानुन शिक्षा पढाउँदै आएको उक्त कलेजले शैक्षिक सत्र २०७८ मा सय जनाको कोटामा ३ सय विद्यार्थी भर्ना गरेर आफूहरुको भविष्य अन्योलमा पारेको विद्यार्थीहरुले बताएका छन् । तोकिएको कोटा […]
पूरा पढ्नुहोस्
क्याम्पसद्वारा छात्रवृत्तिका लागि दरखास्त आह्वान
असार १०, काठमाडौं । नेपाल ल क्याम्पसले छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ । क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा यस क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो । नारायणप्रसाद देवकोटा छात्रवृत्ति–२०५५, शान्ता थपलिया पारिवारिक कानुन पुरस्कार–२०६१, डा. शकुन्तला उप्रेती छात्रवृत्ति–२०६७, विजयालक्ष्मी छात्रवृत्ति–२०७४ र मकसुदन चौधरी मेमोरियल पुरस्कार २०७५ समेतका […]
पूरा पढ्नुहोस्
शिक्षाकाे वर्तमान अवस्था, चुनाैती र समाधानका निम्ति प्राज्ञिककाे विराटनगरमा शिक्षा कार्यशाला
असार ९, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला सम्पन्न भएको छ । शनिबार विराटनगरमा आयोजना गरिएको एक दिने शिक्षा कार्यशालाको कोशी प्रदेशका प्रमुख पशुराम खापुङले उद्घाटन गर्नु भएको थियोे । कार्यशालामा देशको शिक्षाको अवस्था, चुनौतीका र समाधान विषयमा काठमाडौं स्कुल अफ एजुकेसनका […]
पूरा पढ्नुहोस्
परिक्षामा नेपाली भाषामा पनि पश्नपत्र साेध्न विद्यार्थी परिषद्काे माग
असार ८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले परिक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र साेध्न माग गरेकाे छ । विद्यार्थी परिषद् ,नेपाल त्रिभुवन विश्वविद्यालय एकाई समितिले विश्वविद्यालयका पदाधिकारीहरूलाई भेट गरि उक्त माग पत्र बुझाएको हाे । परिषद्ले अन्य विभिन्न मागहरू राखि सातबुँदे माग सहित सुझावपत्र त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुषालज्यू, परीक्षा नियन्त्रक सह प्रा. डा. […]
पूरा पढ्नुहोस्
‘ग्रीन स्कूल’ को अवधारणा जरुरी
काठमाडौँ, जेठ २३ गते । जलवायु परिवर्तनका प्रमुख समस्या र ग्रामीण समुदायमा पर्ने असरबारे सहभागिहरु ‘ग्रीन स्कूल’ अवधारणा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ। काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोइड), विकास शिक्षा विभागले आयोजना गरेको ‘ग्रीन स्कुलः एजुकेशन फर सस्टेनेबल प्लानेट’ कार्यक्रममा सहभागीहरुले अहिलेको हरित विद्यालयमा भविष्य सुरक्षित गर्न र ग्रहलाई दिगो बनाउन यसमा लगानी अन्तिम […]
पूरा पढ्नुहोस्
उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन
असार ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् । चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने […]
पूरा पढ्नुहोस्
मुद्दा फिर्ताविरुद्ध धर्ना दिन पुगेका उपप्राध्यापक चलाउने पक्राउ
आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । प्रहरीले चलाउनेसहित केहीलाई नियन्त्रणमा लिएको हो । उनीहरुले मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गरेका थिए । अदालतभित्र होहल्ला र नाराजुलुस गरेपछि चलाउनेलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले जानकारी […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयका अनुसन्धान कृति डिजिटलाइज्ड गरिँदै
तुलसीपुर, असार १ गते । नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित अनुसन्धानमूलक कृतिको डिजिटलाइजेशनको काम हुनेभएको छ । विश्वविद्यालयबाट शास्त्री, आचार्य र विद्यावारिधिका अनुसन्धानमूलक कृतिहरू वेबसाइटमा राख्ने तयारी गरिएको हो । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाका अनुसार अध्ययन अनुसन्धानलाई प्रविधिमैत्री बनाउन त्यस्ता कृतिलाई वेबसाइटमा राख्ने तयारी गरिएको छ । उहाँले विद्यावारिधिका सन्दर्भमा संस्कृत विश्वविद्यालयबाट उत्पादित जनशक्ति निकै […]
पूरा पढ्नुहोस्
कालोमोसो दलेको आरोपमा मोरङका नेविसंघ अध्यक्ष पक्राउ
जेठ ३२, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् । उनलाई बुधबार बिहान सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले बताए […]
पूरा पढ्नुहोस्







