- ९ असार २०८०, शनिबार १९:२९
असार ९, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला सम्पन्न भएको छ ।
शनिबार विराटनगरमा आयोजना गरिएको एक दिने शिक्षा कार्यशालाको कोशी प्रदेशका प्रमुख पशुराम खापुङले उद्घाटन गर्नु भएको थियोे ।

कार्यशालामा देशको शिक्षाको अवस्था, चुनौतीका र समाधान विषयमा काठमाडौं स्कुल अफ एजुकेसनका डिन प्रा.डा वालाचन्द्र लुइँटेलज्युले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । साथै कार्यपत्र माथि शिक्षाविद् प्रा.डा. भेष प्रसाद धमला र शिक्षाविद् प्रा.डा. टंक न्याैपानेज्युले टिप्पणी गर्नु भएको थियोे ।

परिषद्का राष्ट्रिय उपाध्यक्ष तथा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. विजु थपलिया संयाेजक रहेकाे कार्यशालामा परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, परिषद्का कोशी प्रदेश अध्यक्ष प्रेम कार्की, राष्ट्रिय सचिव विवष कटवाल, केन्द्रीय विश्वविद्यालय प्रमुख छितराज न्याैपाने लगायत अन्य समाजसेवी, पत्रकार, व्यापारी, शिक्षक र विद्यार्थीहरूकाे उल्लेख सहभागीता रहेको थियोे ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालले विद्यार्थीको हक अधिकारसँगै राष्ट्रलाई केन्द्रमा राखेर सनातन धर्म, संस्कृतिको रक्षामा सक्रियता देखाउँदै आएको छ । शिक्षाका माध्यमबाट राष्ट्रका लागि असल चरित्रको व्यक्ति निर्माण प्राज्ञिको उद्देश्य रहेको विद्यार्थी परिषद्ले बताउदै आएकाे छ ।










प्रतिकृया दिनुहोस्