- ८ असार २०८०, शुक्रबार १९:३६
असार ८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले परिक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र साेध्न माग गरेकाे छ ।
विद्यार्थी परिषद् ,नेपाल त्रिभुवन विश्वविद्यालय एकाई समितिले विश्वविद्यालयका पदाधिकारीहरूलाई भेट गरि उक्त माग पत्र बुझाएको हाे ।

परिषद्ले अन्य विभिन्न मागहरू राखि सातबुँदे माग सहित सुझावपत्र त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुषालज्यू, परीक्षा नियन्त्रक सह प्रा. डा. पुष्पराज जाेशीज्यू, विश्वविद्यालय क्याम्पस प्रमुख प्रा.डा. ध्यानेन्द्र बहादुर राईज्यूलाई छुट्टाछुट्टै भेटगरी बुझाएको हाे ।

परिषद्ले शैक्षिक क्यालेन्डर लागू गरि परिक्षा र नतिजा प्रकाशनकाे समय अवधि ठिक गर्न माग गरेकाे छ । साथै दलीय भागबन्डाकाे अन्त्य, कर्मचारी अभावकाे कारण दैनिक प्रशासनिक कायमा हुने ढिलासुस्ती ढिक गर्ने, देशभरका विद्यार्थीहरूले ट्रान्सकिप्ट लिन काठमाडौं नै धाउनु पर्ने बाध्यताकाे अन्त्य गर्ने, विद्यार्थीकाे स्वास्थ्य विमाकाे लागि स्वास्थ्य विमा कार्ड लागू गर्ने, स्नातक , स्नातकोत्तर तहकाे परिक्षामा नेपाली भाषामा र अङ्ग्रेजी भाषामा प्रश्न पत्र साेध्नु पर्ने जस्ता मागपत्रहरू त्रिवि पदाधिकारीहरू, परीक्षा नियन्त्रण कार्यालय र त्रिवि केन्द्रीय क्याम्पसमा परिषद् राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीकाे उपस्थितिमा उक्त मागपत्र बुझाएकाे परिषद् केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्कीले जानकारी दिएका छन् ।
विद्यार्थी परिषद्ले बुझाएको माग तथा सुझापत्र :











प्रतिकृया दिनुहोस्