विश्वविद्यालय शिक्षा
शैक्षिक स्तर सुधारका लागि काठमाडौँ विश्वविद्यालय र धनगढी उप-महानगरपालिकाबिच सहमति
काठमाडौँ , २४ पुस । गुणस्तरीय तथा समावेशी शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन र धनगढी उप-महानगरपालिकाबिच सहमति भएको छ । पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि आज दुई संस्थाबिच सहमति भएको हो । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपिइसि युनिट मार्फत कार्यक्रमलाई कार्यान्वयन गर्ने छ । कार्यक्रमको सुरुवातमा सिपिइसि युनिटले धनगढी उप-महानगरपालिका […]
पूरा पढ्नुहोस्
त्रिविको उपकुलपति हुन राजनीतिक दलको सदस्य नरहेको प्रमाण पेश गर्नुपर्ने (हेर्नुहोस कार्यविधि)
काठमाडौँ ,२३ पुस । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० मा आवेदन दिनु तत्काल अघि कुनै राजनिनीतिक दलको सदस्य नहेको उम्मेदवारले आवेदन दिन सक्ने योग्यता निर्धारण गरेको छ । शिक्षा मन्त्रालयले आज आवेदन माग गर्दै सो कार्यविधि सार्वजनिक गरेको हो । त्यसैगरी मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, प्रचलित कानुन बमोजिम […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तह प्रथम वर्षकाे नतिजा सार्वजनिक ( नतिजा सहीत)
पुस २३, काठमाडौं । त्रिवि परिक्षा नियन्त्रण कार्यालय बल्खुले 4 year B.Sc 1st year को नतिजा प्रकाशित गरिएको छ। आज एक सुचना सार्वजनिक गर्दै उक्त तहकाे नतिजा प्रकाशन गरिएको हाे । नतिजा तल यसरी हेर्न सकिने छ ।
पूरा पढ्नुहोस्
त्रिविको उपकुलपतिको लागि दोस्रो आवेदन माग, इच्छुक र योग्यले आवेदन दिन पाउने
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि पहिलो पटक आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्नेलगायत […]
पूरा पढ्नुहोस्
उपकुलपतिको नियुक्तिकाे दरखास्त आह्वान रद्ध
सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरेको छ। दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो। आज गोरखापत्रमा सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त रद्ध गरिएको जनाएको हो। गत शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन
कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नव निर्मित भवनको आज उद्घाटन गरिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिवि परिसरमा आयोजित कार्यक्रमका नयाँ भवनको शुभारम्भ गरेका हुन् । भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीन तल्ला […]
पूरा पढ्नुहोस्
त्रिविको उपकुलपतिका लागि आवेदन माग
त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति छनोट गर्ने प्रयोजनका लागि आवेदन आह्वान गरिएको छ । त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना सार्वजनिक गरेर सार्वजनिक रूपमा आवेदन आह्वान गरेको हो । यसअघि अघिल्लो सरकारले पनि यसैगरी आवेदन माग गरी तयार गरिएको रोस्टरबाट उपकुलपति नियुक्त गर्ने योजना बनाएको थियो र […]
पूरा पढ्नुहोस्
त्रिविका विद्यार्थीहरूद्वारा प्रिन्सिपल कार्यालयमा तोडफोड
काठमाडौँ । त्रिविका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय प्रिन्सिपल कार्यालयमा तोडफोड गरेका छन् । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतिगियोगिता २०८० को बागमती प्रदेशको छनौटमा फर्जी विद्यार्थी पठाएको भन्दै विद्यार्थीहरूले तोडफोड गरेको हो । प्रिन्सिपलको कार्यकक्षमा तोडफोड गरिएको हो । बागमती प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप प्रतियोगिताका लागि त्रिविका विद्यार्थीको नाम पठाउन भन्दै पत्राचार गरेको थियो । […]
पूरा पढ्नुहोस्
खुला विश्वविद्यालयका उपकुलपतिको राजीनामा माग
काठमाडौँ ,१७ पुस । नाजायज कार्य गरेको आरोपमा संयुक्त विद्यार्थी संगठनले खुला विश्वविद्यालयका उपकुलपतिको राजीनामा माग गरेका छन् । संगठनहरूले विश्वविद्यालयको प्राज्ञिक मर्यादा विपरीत विश्वविद्यालयमा आर्थिक लेनदेनको आधारमा नियुक्ति, खरिद बिक्री गरेको, परीक्षा जस्तो संवेदनशील र गोप्य काममा उपकुलपतिले आफ्नो परिवारको सदस्य प्रयोग गरी नाजायज कार्य गरेको आरोपमा राजीनामा माग गरेका हुन् । उनीहरूले प्रेस […]
पूरा पढ्नुहोस्‘विश्वाविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छ ’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटास्थित प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन अघि अस्पताललाई बलियो बनाउन आवश्यक रहेको बताए । नेपाल प्रेस युनियनद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाउनुपर्ने जनताको चाहना पूरा गर्न पहिले सबै मिलेर अस्पताललाई बलियो बनाउनुपर्छ भने। अस्पतालको पक्षलाई बेवास्ता गरेर अघि बढेमा विश्वविद्यालय […]
पूरा पढ्नुहोस्







