- २३ पुष २०८०, सोमबार २१:४९
काठमाडौँ ,२३ पुस । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० मा आवेदन दिनु तत्काल अघि कुनै राजनिनीतिक दलको सदस्य नहेको उम्मेदवारले आवेदन दिन सक्ने योग्यता निर्धारण गरेको छ । शिक्षा मन्त्रालयले आज आवेदन माग गर्दै सो कार्यविधि सार्वजनिक गरेको हो ।
त्यसैगरी मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, प्रचलित कानुन बमोजिम स्थापित विश्वविद्यालयमको प्राध्यापक पदमा नियुक्त भई सो पदको अनुभव हासिल गरेको, सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य भई सो पदको अनुभव हासिल गरेको, त्रिभुवन विश्वविद्यालयसँग कुनै स्वर्थ नबाझिएको नेपाली नागरिकले आवेदन दिनसक्ने योग्ता निर्धाण गरेको छ ।
दरखास्त साथ पेश गर्नुपर्ने कागजातः
(१) न्यूनतम योग्यता पूरा गरेका उम्मेदवारले अनुसूची बमोजिमको ढाँचामा आवेदन साथ देहायका विवरण तथा प्रमाणित कागजातहरू समावेश गर्नुपर्नेछः–
(क) स्नातकोत्तर र सोभन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि,
(ख) प्राध्यापक पदमा नियुक्त भएको नियुक्तिपत्रको प्रतिलिपि,
(ग) प्रचलित कानुन बमोजिम स्थापित विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारी वा कुनै स्वदेशी वा विदेशी विश्वविद्यालय वा सो सरहका उच्च शैक्षिक संस्था वा निकायको प्रशासनिक वा व्यवस्थापकीय पदमा अनुभव हासिल गरेको भए सो खुलेको विवरण तथा प्रमाणको प्रतिलिपि,
(घ) प्राज्ञिक अनुसन्धानमूलक परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको भए सोको विवरण तथा प्रमाणको प्रतिलिपि,
(ङ) बढीमा ३००० शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोचपत्र (ख्ष्कष्यल एबउभच) र बढीमा ५००० शब्द भित्रको त्रिभुवन विश्वविद्यालयसम्बन्धी चार वर्षे व्यावसायिक कार्ययोजना (एचयाभककष्यलब िध्यचप एबिल),
(च) प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र,
(छ) त्रिभुवन विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको व्यहोरा खुलेको स्व घोषणा पत्र,
(ज) नेपाली नागरिकताको प्रतिलिपि । (२) उपदफा (१) को खण्ड (ङ) बमोजिमको सोचपत्र र व्यावसायिक कार्ययोजनामा पहिलो पानामा मात्र उम्मेदरवार आफैले दस्तखत गरी छुट्टा छुट्टै खामबन्दी गरी पेश गर्नु पर्नेछ ।
होर्नुहोस कार्यविधि :










प्रतिकृया दिनुहोस्