विश्वविद्यालय शिक्षा

शंकरदेव क्याम्पसका स्ववियु उपाध्यक्ष माझीलाई क्याम्पस परिसरभित्रै आक्रमण गर्ने शाही पक्राउ

काठमाडौं, शंकरदेव क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उपाध्यक्ष प्रेम माझीमाथि आक्रमण गर्ने रविन शाही पक्राउ पक्राउ परेका  छन्। मंगलवार राति ८ बजे क्याम्पस परिसरभित्रै माझीमाथि आक्रमण भएको भन्दै स्ववियुले घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ। आक्रमणबाट माझीको टाउको फुटेको र अहिले उनको उपचार अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा भइरहेको छ। अनेरास्ववियु […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ४ बर्षे B.A प्रथम बर्ष को नियमित तर्फको २०८० साल असोज महिनामा सञ्चालित परीक्षा को नतिजा सार्वजनिक गरेको  छ । बुधबार त्रिविले गत असाेज महिनामा सञ्चालन गरेको वि.ए. प्रथम वर्षको नतिजा सार्वजनिक गरेको हाे । नतिजा www.tuexam.edu.np मा रहेको View Result Option मा गई Select Result मा Click गरि आफ्नो सिंम्बाेल […]

पूरा पढ्नुहोस्

त्रिवि सभाद्वारा शैक्षिक सत्र २०८१/८२ को लागि २६ अर्बको बजेट पारित

त्रिभुवन विश्वविद्यालय सभाले शैक्षिक सत्र २०८१/८२ को लागि २६ अर्बभन्दा बढीको बजेट पास गरेको छ । मंगलबारको सभामा त्रिवि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाखको बजेट पेस गरेका हुन् । त्रिविले नियमित कार्यक्रमतर्फ चालु र पुँजीगत गरी १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार खर्च हुने जनाएको छ । आन्तरिकतर्फ […]

पूरा पढ्नुहोस्

उच्चशिक्षाका लागि विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै सृजना गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई देशमा नै अवसर प्रदान गर्नुपर्ने बताउनुभएको छ । सो विश्वविद्यालयको साधारणसभा बैठक (सिनेट) मा आज अध्यक्षता र सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै […]

पूरा पढ्नुहोस्

छात्रवृत्तिमा पाकिस्तान अध्ययनका लागि दरखास्त माग

साउन १३, काठमाडौं ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखाले पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम (पिटिएपी) अन्तर्गतको बिएस्सी इन्जिनियरिङ विषयमा पाकिस्तानमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूसँग दरखास्त माग गरेको छ । नेपाल सरकारलाई शैक्षिक सत्र २०२४/२०२५ का लागि पाकिस्तान सरकारबाट पटिएपी कार्यक्रम अन्तर्गत बिएस्सी इन्जिनियरिङ विषयमा १० सिट प्राप्त हुन आएकोले छात्रवृत्ति अध्ययन गर्न इच्छुक विद्यार्थीसँग […]

पूरा पढ्नुहोस्

त्रिविको अर्को लापरवाही : परीक्षामा हुबहु गतवर्ष कै प्रश्न

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले सञ्चालन गरेको स्नातकोत्तर तह प्रथम सेमेस्टरको ‘संस्कृत काव्यशास्त्र’ विषयको प्रश्न दोहोरिएको छ। गत वर्षको प्रश्नपत्रमा उल्लेख भएका सबै प्रश्नपत्र यस वर्ष पनि हुबहु राखिएको छ। ऐच्छिक नेपाली विषयको उक्त परीक्षा बुधबार मात्रै सञ्चालन भएको थियो। त्रिवि नेपाली केन्द्रीय विभागले दुई सेट प्रश्नपत्र बनाएर डिन कार्यालयलाई पठाए पनि डिन […]

पूरा पढ्नुहोस्

एसईईमा ३.९१ जिपिए ल्याउने दर्जनौं उत्कृष्ट विद्यार्थीकाे राेजाइमा CBM कलेज

साउन १०, काठमाडौँ । काठमाडौँकाे मुटुमा रहेको +२ मध्ये आफूलाई अलग रूपबाट स्थापित गर्न सफल सिविएम कलेज एसईई नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूकाे राेजाइ परेको छ । सन् १९९७ मा स्थापना भइ काठमाडौँको डिल्लीबजारमा सञ्चालित यस कलेज विगतका वर्षहरूमा राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई […]

पूरा पढ्नुहोस्

त्रिवि बिएस्सी फोरेस्ट्रीमा भर्नाको लागि अनलाइन आवेदन खुला

साउन, ९ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयले बिएस्सी फोरेस्ट्रीमा भर्नाको लागि अनलाइन आवेदन खुला गरेको छ। विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान अन्तर्गत पोखरा क्याम्पस, पोखरा, हेटौंडा क्याम्पस, हेटौंडा र सम्बन्धन प्राप्त क्याम्पस काठमाण्डौमा स्नातक तह B.Sc. Forestry मा शैक्षिक सत्र २०८०/०८४ मा भर्नाका लागि आवेदन खुला गरेको हो। इच्छुक विद्यार्थीहरूले २०८० साउन ११ गते देखि […]

पूरा पढ्नुहोस्

त्रिविमा स्नातकका विद्यार्थीले अब मौका परीक्षा दिन पाउने ( यस्तो छ प्रकृया)

काठमाडौँ —त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा फेल हुने विद्यार्थीले एक महिनाभित्र मौका/पूरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । त्रिवि प्राज्ञिक परिषद्ले वार्षिक प्रणालीअन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अनुर्त्तीण हुने विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरेको उपकुलपति केशरजंग बरालले जानकारी दिए । सेमेस्टर प्रणालीमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था छ,’ उनले भने, ‘वार्षिक प्रणालीमा पनि नतिजा […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ भन्ने धारणा राखेकी छन् ।  काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनद्वारा  आज ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्था सम्बन्धी छलफलमा उनले  अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ भनिन् ।  ‘विश्वविद्यालयले अनुसन्धान गरेका विषयवस्तुलाई ग्रहण गर्नेमा अहिलेसम्मका सरकारले ध्यान […]

पूरा पढ्नुहोस्