- १३ श्रावण २०८१, आईतवार १७:२०
साउन १३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखाले पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम (पिटिएपी) अन्तर्गतको बिएस्सी इन्जिनियरिङ विषयमा पाकिस्तानमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूसँग दरखास्त माग गरेको छ ।
नेपाल सरकारलाई शैक्षिक सत्र २०२४/२०२५ का लागि पाकिस्तान सरकारबाट पटिएपी कार्यक्रम अन्तर्गत बिएस्सी इन्जिनियरिङ विषयमा १० सिट प्राप्त हुन आएकोले छात्रवृत्ति अध्ययन गर्न इच्छुक विद्यार्थीसँग दरखास्त माग गरेको हो ।
छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० (संशोधन सहित) बमोजिम उक्त सिटहरूमा नियमानुसार मनोनयनका लागि सम्बन्धित संस्थाले तोकेको योग्यता पूरा गरेका र त्रि.वि.वि., इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट २०८० सालमा लिइएको प्रवेश परीक्षाको योग्यता क्रम सूचीमा रहेका विद्यार्थीले आवेदन सिदन सक्ने सूचनामा उल्लेख छ ।
पाकिस्तानमा गई अध्ययन गर्न इच्छुक नेपाली उम्मेदवारहरूबाट मिति २०८१ साल साउन १३ गतेदेखि २० गतेसम्म (कार्यालय समयभित्र ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखा, सानोठिमी, भक्तपुरमा दरखास्त दिन सकिने छ ।
विस्तृत विवरण यहाँबाट हेर्नुहोस










प्रतिकृया दिनुहोस्