Tag: शिक्षा
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटवार्ताको क्रममा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्नुभएको हो । फिनल्यान्डको शिक्षा विश्वकै उच्च गुणस्तरको मानिन्छ […]
पूरा पढ्नुहोस्
रामेछापमा कक्षा सुरु हुनुअघि अनिवार्य योग-ध्यान गर्ने नयाँ अभ्यास सुरु
काठमाडाैँ – रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाले विद्यालय शिक्षा क्षेत्रमा नयाँ अभ्यासको थालनी गरेको छ। अब गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा सुरु हुनुअघि विद्यार्थीहरूले अनिवार्य रूपमा योग ध्यान गर्ने भएका छन्। ‘योग सिकौँ, योग सिकाऔँ’ अभियानसहित गाउँपालिकाले शिक्षक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई सात दिने विशेष तालिम दिएर औपचारिक रूपमा कार्यक्रम लागू गरेको हो। गाउँपालिकाले माध्यमिक विद्यालयबाट दुई-दुई, आधारभूत विद्यालय (कक्षा […]
पूरा पढ्नुहोस्
नेपालको शिक्षाको स्थिति बिगार्न हामी सबै जिम्मेवार छौँ : सभापति थापा
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापाले नेपालको शिक्षाको स्थिति बिगार्न हामी सबै जिम्मेवार रहेको बताएका छन् । खबर एजुकेशनको आयोजना र लिबर्टी कलेजको सहयोगमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । थापाले हामी सबैले आग्रह/पूर्वाग्रहको भरमा काम गर्ने गरेको उल्लेख गर्दै सबैले आफूले […]
पूरा पढ्नुहोस्
शिक्षा ऐन जारी हुने विषयमा जुट्यो सहमति, चालू अधिवेशनबाटै पारित हुने
काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक-२०८० लाई प्रतिनिधिसभामा पेस गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। उनका अनुसार विधेयकसम्बन्धी विवादित विषयहरूमा नेपाल शिक्षक महासंघ, प्रमुख तीन दलका प्रमुख सचेतक र शिक्षामन्त्री रघुजी पन्तबीच सहमति भइसकेको छ। सभापति थापाका अनुसार भनेकोभन्दा अलिक फरक पारेपनि धेरै बुँदामा सहमति भइसकेको बताए। […]
पूरा पढ्नुहोस्स्नातक तह २०८२/०८३ शैक्षिक सत्रको तालिका सार्वजनिक, कक्षा कात्तिकदेखि सुरु हुने
काठमाडौं, साउन २२ – त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको शैक्षिक सत्र २०८२/०८३ का लागि पहिलो वर्षको शैक्षिक तालिका सार्वजनिक गरिएको छ। विश्वविद्यालयका सम्बन्धित डीन कार्यालयले जारी गरेको तालिकाअनुसार नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया साउनको चौथो हप्तादेखि सुरु भई असोज मसान्तसम्म सञ्चालन हुनेछ। तालिकाअनुसार कक्षा संचालन कात्तिक महिनाको दोस्रो हप्ताबाट प्रारम्भ हुनेछ भने २०८३ सालको बैशाख महिनामा […]
पूरा पढ्नुहोस्
शिक्षा क्षेत्रको बजेट सङ्घीय संरचना अनुकुल छ : मन्त्री पन्त
काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रको बजेट विनियोजन सङ्घीय संरचना अनुकुल रहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पन्तले शिक्षा क्षेत्रअन्तर्गतको अधिकांश बजेट स्थानीय तहमार्फत कार्यान्वयन हुने बताउनुभएको हो । उहाँले सङ्घीय सरकारले कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन नगरेको […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयकका लागि शिक्षामन्त्रीले मागे थप समय
काठमाडौँ । विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले थप समय माग गरेका छन्। विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा मन्त्री पन्तले आज नै गर्न नहुने बताउँदै थप समय माग गरेका हुन्। ‘महासङ्घसँग छलफल भएको थियो। छलफलका क्रममा समितिमा भएको सहमतिको विषय जानकारी गरायौ। उहाँहरू सहमत हुनुभएन त्यसैले आजको बैठक स्थगित […]
पूरा पढ्नुहोस्अबदेखि काठमाडौ महानगरको स्कुलमा Digital Smart Board
अब देखि काठमाडौ महानगरको स्कुलमा Digital Smart Board जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक खरिद प्रक्रियामार्फत ल्याएका ३१३ वटा वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी सामान्य ठक्करबाट स्क्रिन नचर्किने वा नफुट्ने लगायत सुरक्षा र आवश्यक प्राविधिक जाँच गरेर विद्यालयका कक्षा कोठामा जडान सुरु गरिएको काठमाडौंका मेयर वालेन शाहले जनाएका छन् । महानगरले […]
पूरा पढ्नुहोस्
शिक्षक-कर्मचारीको दोस्रो त्रैमासिक तलबभत्ता निकासा
तनहुँ- भानु नगरपालिकाले नगरका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको दोस्रो त्रैमासिक तलबभत्ता निकासा गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि सरकारको तलबभत्ता खाने सम्पूर्ण शिक्षक-कर्मचारीको मासिक तलबभत्ता नगरपालिकाबाट सिधै सम्बन्धित शिक्षकको व्यक्तिगत बैंक खातामा ट्रान्सफर गर्ने (ईएफटी) भुक्तानी गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ। सोको लागि आवश्यक पर्ने वैयक्तिक विवरण तयार गरी सम्बन्धित बैंकबाट खाता […]
पूरा पढ्नुहोस्
‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने बताएका छन् । मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको परियोजनाको अन्तिम मूल्याङ्कन बैठकमा मन्त्री भट्टराईले शिक्षाको मूल उद्देश्य मेहनत गर्न सिकाउनु, सिकेको कुरालाई व्यावहारिक बनाउनु तथा सिकाइको प्रयोग गर्नु रहेको बताए । मन्त्री भट्टराईले दुई सय […]
पूरा पढ्नुहोस्







