विश्वविद्यालय शिक्षा

काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोह: अनलाइन आवेदनको प्रक्रिया यसरी गर्नुहोस्

काठमाडौं । काठमाडौं विश्वविद्यालयले आउँदो ३० मङ्सिरमा ३० औं दीक्षान्त समारोह आयोजना गर्न लागेको छ। विश्वविद्यालयले एक सूचना जारी गर्दै विभिन्न तहमा उत्तीर्ण विद्यार्थीलाई समारोहमा सहभागी हुन आह्वान गरेको छ। पहिलो चरणको दीक्षान्त समारोहमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, कानून, म्यानेजमेन्ट, साइन्स र मेडिकल साइन्सबाट १२ मङ्सिर, २०८१ सम्ममा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण […]

पूरा पढ्नुहोस्

पाटन क्याम्पसको बिएस्सी सिएसआइटी कार्यक्रममा धाँधली, मेरिट मिचेर ३० विद्यार्थी भर्ना

पाटन संयुक्त क्याम्पसले स्नातक तह विज्ञान संकायको बिएस्सी सिएसआइटी कार्यक्रममा मेरिट मिचेर अन्य विद्यार्थी भर्ना गरेको छ । क्याम्पस प्रमुख, स्ववियु सभापति, डिन, बिएस्सी सिएसआइटी कार्यक्रम संयोजकलगायतको मिलेमतोमै ३० जना विद्यार्थीलाई मेरिट मिचेर भर्ना गरेको फेला परेको हो । आफूनिकट विद्यार्थी भर्ना गर्न उनीहरूले दसैँ–तिहारको बिचमा ‘फस्ट कम, फस्ट सर्भिस’ नियम लागू गरेका थिए । क्याम्पसले यस कार्यक्रममा […]

पूरा पढ्नुहोस्

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधनका लागि प्रधानमन्त्रीको पहल

काठमाडौँ २ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा सरकारी मेडिकल कलेजमा क्षमता भएबमोजिम विद्यार्थीको सिट सङ्ख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकेबमोजिम शुुल्क र छात्रवृत्ति व्यवस्थापनका लागि राय परामर्श गरिएको छ । […]

पूरा पढ्नुहोस्

स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक ( नतिजा सहीत)

काठमाडौं । त्रिविले स्नातक तह दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेको छ । त्रिविले   चार  वर्षे वि.एड दाेश्राे वर्ष नियमित तर्फकाे नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा हेर्न www.tuexam.edu.np मा गएर हेर्न सकिने छ ।

पूरा पढ्नुहोस्

संस्कृत विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन माग

नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ । कार्तिक २७ मा स्वीकृत ‘नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम दरखास्त आह्वान गरिएको हो । इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचामा (दस दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयको रजिस्टारमा प्राडा. कँडेल नियुक्त

काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालयको रजिस्टारमा प्राडा. शोभाकर कँडेल नियुक्त भएका छन्। विश्वविद्यालयले कँडेललाई खुला प्रतिस्पर्धाका आधारमा रजिस्टार पदमा नियुक्त गरेको हो। १३ जना प्रतिस्पर्धीलाई उछिन्दै कँडेल नियुक्त भएको विश्वविद्यालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका कँडेल ३१ वर्षदेखि त्रिविमा प्राध्यापनरत छन्। उनी यसअघि त्रिवि शिक्षाशास्त्र संकायको डिन थिए। सुर्खेत बहुमुखी क्याम्पसमा कार्यक्रम संयोजक र दुई कार्यकाल सहायक […]

पूरा पढ्नुहोस्

एउटै भवनमा नेपाली र विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन नगर्न सुझाब

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालन गरिरहेको कलेजहरुको नाम परिवर्तन गर्न नपाईने विज्ञ उपसमितिले सुझाब दिएका छन् । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ लाई समयानुकूल संशोधनका लागि ठोस राय सुझाव समेटी कार्यान्वयन खाकासहितको अध्ययन प्रतिवेदन पेश गर्न गठित विज्ञ उपसितिले सो सुझाब दिएको हो । समितिले कलेजको नाम परिवर्तन […]

पूरा पढ्नुहोस्

आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्न कार्यदल

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा आंशिक प्राध्यापकका रूपमा कार्यरत व्यक्तिलाई करार बनाउन तीन सदस्यीय अध्ययन टोली गठन गरिएको छ । प्राडा योगेन्द्रबहादुर गुरुङको संयोजकत्वमा गठन गरिएको टोलीले आङ्गिक क्याम्पस तथा विभागमा स्थलगत अध्ययन गरेर शिक्षाध्यक्षको कार्यालयलाई प्रतिवेदन पेस गर्ने छ । विश्वविद्यालयमा हाल कार्यरत स्थायी, अस्थायी र करार सेवाका प्राध्यापकले पूर्ण कार्यभार अनुसार […]

पूरा पढ्नुहोस्

शंकरदेव क्याम्पस प्रमुखका लागि आवेदन खुला

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन खुला गरिएको छ । क्याम्पस प्रमुख छनौट समितिले आज एक सूचना जारी गर्दै  त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१ को परिच्छेद १९ बमोजिम शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा आवेदन खुला गरिएको हो । आवश्यक कागजातहरू र आशयपत्र सक्कलप्रति […]

पूरा पढ्नुहोस्

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । त्यसका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ जारी गरिएको छ । सोही अनुसार इच्छुक तथा योग्य व्यक्तिलाई शिक्षा, विज्ञान […]

पूरा पढ्नुहोस्