- २६ कार्तिक २०८१, सोमबार १२:३१
काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालयको रजिस्टारमा प्राडा. शोभाकर कँडेल नियुक्त भएका छन्। विश्वविद्यालयले कँडेललाई खुला प्रतिस्पर्धाका आधारमा रजिस्टार पदमा नियुक्त गरेको हो। १३ जना प्रतिस्पर्धीलाई उछिन्दै कँडेल नियुक्त भएको विश्वविद्यालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका कँडेल ३१ वर्षदेखि त्रिविमा प्राध्यापनरत छन्। उनी यसअघि त्रिवि शिक्षाशास्त्र संकायको डिन थिए।
सुर्खेत बहुमुखी क्याम्पसमा कार्यक्रम संयोजक र दुई कार्यकाल सहायक क्याम्पस प्रमुख भएका कँडेल महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा पनि दुई कार्यकाल सहायक क्याम्पस प्रमुख भएका थिए।
यसैगरी कँडेलले त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागमा अभ्यास शिक्षण विभाग प्रमुख, परीक्षा विभाग प्रमुख, विद्या परिषद् सदस्य, अनुसन्धान समितिको सदस्य सचिव, त्रिवि परीक्षा सञ्चालक समितिको सदस्य, इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा सञ्चालक समितिको सदस्य भएर काम गर्दे आएका छन्।
स्वदेशी तथा विदेशी जर्नलहरूमा कँडेलका विभिन्न अनुसन्धानमूलक लेख प्रकाशित छन्। यसैगरी सार्वजनिक शिक्षा र समसामयिक विषयवस्तुमा उनले विभिन्न पत्रपत्रिका र अनलाइन पोर्टलहरूमा आफ्ना विचार अभिव्यक्त गर्दै आएका छन्।










प्रतिकृया दिनुहोस्