राष्ट्रिय समाचार

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, पानी पार्ने अर्को प्रणाली पनि भित्रिँदै

काठमाडौं । अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको […]

पूरा पढ्नुहोस्

जनकपुरमा मुस्लिम समुदायद्वारा दुर्गामाताकाे मुर्ति विसर्जनकाे क्रममा हिन्दू समुदायमाथि आ*क्रमण

जनकपुरधाम। धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा   मुस्लिम समुदायले हिन्दूहरू माथि ढंगा मुडा प्रहार गरेपछि दुई  समुदायबीच फेरि तनाब बढेको छ। दशैं समापनपछि दुर्गामाताको प्रतिमा सेलाउन जाने क्रममा मुस्लिम  समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो । त्यस क्रममा हिन्दू  समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ । आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए […]

पूरा पढ्नुहोस्

दशैँको टीकाको दोस्रो दिन : टीका र जमरा लगाउनेको चहलपहल

काठमाडौं – दशैँको टीकाको दोस्रो दिन शुक्रबारसमेत टीका लगाउनेको चहलपहल बढेको छ। विजय दशमीका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएपछि आज पनि आफन्तकोमा टीका लगाउन जानेको भीडभाड देखिन्छ। दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद बिहीबार लगाएपछि आज अन्य आफन्तकामा जानेले बजारमा चहलपहल बढेको हो। घटस्थापनाका […]

पूरा पढ्नुहोस्

जेनजीलाई प्रधानमन्त्री कार्कीको आह्वान– संविधान संशोधनका लागि निर्वाचनमा सहभागी हुनू

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधनका लागि आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरेकी छिन्। बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालको संविधान र शासकीय प्रणालीको संशोधन अन्तरिम सरकारको कार्यक्षेत्रमा नपर्ने प्रष्ट पार्दै यस्तो आग्रह गरेकी हुन्। ‘नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेन–जी पुस्ताले आन्दोलनको क्रममा उठाएको विषय वर्तमान अन्तरिम सरकारको […]

पूरा पढ्नुहोस्

जेन-जी आक्रोश अब ‘झोले’ माथि: सामाजिक सञ्जालमा ‘डिजिटल पहिचान खोज’ अभियान

‘नेपो बेबी’ ट्रेन्डको जगमा उठेको जेन-जी आन्दोलनले राजनीतिको केन्द्र हल्लाएको केही हप्ता नबित्दै युवाहरूको आक्रोशको निशाना अब दलका कार्यकर्ता तिर सोझिएको छ। फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा ‘#exposejholey’ (झोलेलाई उदाङ्गो पारौं) ह्यासट्यागसहितको एक नयाँ ट्रेन्ड फैलिएको छ। यस अभियान केवल नेताहरूप्रतिको व्यङ्ग्यमा मात्र सीमित छैन, नेताहरूको वरिपरि रहने, उनीहरूको हरेक कदमको अन्धो समर्थन गर्ने र […]

पूरा पढ्नुहोस्

राष्‍ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश

काठमाडौं :  राष्‍ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भए लगत्तै मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, […]

पूरा पढ्नुहोस्

सबै विद्यालयमा कम्प्युटर शिक्षक राख्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रत्येक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गरिने बताएका छन् । सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने उनले बताए । मन्त्रालयमा मंगलबार उठेका विषय भनेर उनले त्यसका लागि निर्देशन दिएको बताए । अर्थ […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्री पुनलाई मन्त्रालयमै खानेबस्ने व्यवस्था

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मंगलबारदेखि मन्त्रालयमै खाने, बस्ने व्यवस्था गरिएको छ । प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्षसँगैको कोठामा खाने, बस्ने प्रबन्ध गरिएको बताए । ‘आजदेखि यहीं बस्ने कुराकानी भएको छ । कार्यकक्ष सँगैका कोठा खाली गरेर सुत्ने, बस्ने र भान्सा बनाइएको छ,’ उनले भने । भाद्र २४ गतेको प्रदर्शनमा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा […]

पूरा पढ्नुहोस्

यो वर्ष काठमाडाैँ महानगरका संस्थागत विद्यालयमा अध्ययनरत २० हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडाैँ –  काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले यो वर्ष संस्थागत विद्यालयका २० हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति पाएको बताएका छन्।सोमबार मेयर बालेनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एउटा कानुन कार्यान्वयनले यो वर्ष २० हजारभन्दा धेरै विद्यार्थीले स्कुलरसिप पाएका छन।’कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएको […]

पूरा पढ्नुहोस्

३ सचिवको सरुवा, गृह सचिवको जिम्मेवारी दंगाललाई

काठमाडौं । सरकारले ३ जना सचिवको सरुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३ सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारी दिइएको छ भने त्यहाँ कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरेको […]

पूरा पढ्नुहोस्