राष्ट्रिय समाचार
पत्रकार पौडेलको हत्यामा जन्मकैद सजाय तोकिएका गिरीलाई राष्ट्रपतिबाट माफी
फागुन ८ , काठमाडौं । पत्रकार यादव पौडेल हत्याका मुख्य आरोपी युवराज गिरीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी पाएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कर्तव्य ज्यान सम्बन्धी कसूरमा कैद भुक्तान गरिरहेका गिरीलाई शनिबार माफी दिएकी हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा भण्डारीले गिरीसहित ५०१ जनाको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिदिएकी हुन् । गिरीसहित […]
पूरा पढ्नुहोस्
एमसीसीले संसदमा प्रवेश पाएसँगै निजी क्षेत्र उत्साहित : मुलुकको विकासका लागि सम्झौता महत्वपूर्ण
लामो समयदेखि चर्चामा रहेको नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिस)बीचको सम्झौता प्रतिनिधिसभामा टेबल भएको छ । एमसीसी संसदमा टेबल भएपछि निजी क्षेत्रले भने यसको स्वागत गरेका छन् । नेपाल उद्योग परिसंघले आइतवार एक विज्ञप्ति जारी गर्दै एमसीसी संसदबाट अनुमोदन भई कार्र्यान्वयनमा जाने र मुलुकले आर्थिक लाभ हासिल गर्नेमा विश्वस्त रहेको जनाएको छ । परिसंघले सम्झौता […]
पूरा पढ्नुहोस्
एमसीसी संसदमा टेबल, प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित
फागुन ८, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरुले […]
पूरा पढ्नुहोस्
‘हजुर मुसुक्कै’ : एउटै म्युजिक भिडियोमा ३५ लाख लगानी
फागुन ७, काठमाडौं । हुन त नेपाली म्युजिक भिडियोको लगानीलाई बालुवामा पानी भनिन्छ । एकाधबाहेक अधिकांश म्युजिक भिडियोको लगानी बालुवामा पानीसरह नै हुने गरेको छ । तर पनि महंगो लगानीमा म्युजिक भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । यसअघि १४-१५ लाख रुपैयाँसम्मको लगानीमा म्युजिक भिडियो निर्माण भएको सुनिन्थ्यो । गत आइतबार सार्वजनिक ‘हजुर मुसुक्कै’ बोलको […]
पूरा पढ्नुहोस्
विश्वकप छनोटमा नेपालले आज को सँग खेल्दै ?
फागुन ७ , काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ । ग्लोबल क्वालिफायरको […]
पूरा पढ्नुहोस्
ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश
फागुन ६, काठमाडाैँ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । शुक्रवार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शाहीलाई स्वागत गरेका हुन् । यस्तै शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’को कमिटीसमेत राप्रपामा समाहित भएको छ । शाही भ्रष्टाचारविरोधी अभियानमा संलग्न छन् ।
पूरा पढ्नुहोस्
कमजोर ब्याटिङलाई बलिङले थेग्दा नेपालको जीत, यस्तो छ विश्वकप पुग्ने बाटो
फागुन ६, काठमाडाैँ । आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपालले विजयी शुरूआत गरेको छ । ब्याटिङतर्फ कमजोर प्रदर्शन गरेको नेपालले कसिलो बलिङ गर्दै घरेलु टोली ओमानविरुद्ध ३९ रनको जीत सुनिश्चित गरेको हो । नेपालले दिएको १ सय १८ रनको झिनो लक्ष्य पछ्याउने क्रममा ओमान १७ ओभरमा ७८ रनमा समेटियो । नेपालका लागि कमलसिंह […]
पूरा पढ्नुहोस्
स्थानीय चुनावका लागि भोलिदेखि दल दर्ता खुला
फागुन ४ , काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय […]
पूरा पढ्नुहोस्
भारतमा बस्दै आएका नेपालीलाई मन्त्री आलेको घिनलाग्दो गाली, भारतको मुम्बईबाटै उठाईदिने धम्की
फागुन ३, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले नयाँ वि’वादमा तानिएका छन्। उनी आफ्नै अभिव्यक्तिका कारण वि’वादमा ता’निएका हुन्। काम गर्न भारतकाे मुम्बई पुगेका एक नेपाली युवकसँग मन्त्री आलेले अ’स्ली’ल गा’लीगलौ’जस’हित अ’पह’र’ण ग’र्ने ध’म्की दिएकाका छन्। मन्त्री आले र युवकले एकअर्कालाई अ’श्ली’ल गा’ली’ग’लै’ज समेत गरेका छन्। दुई मिनेट २५ सेकेन्डकाे भिडियो […]
पूरा पढ्नुहोस्
राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो, कतिजनाले भर्न पाउछन् हेर्नुहोस
फागुन ४ , काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आज ४ फागुनदेखि खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गर्ने साधारण सेयरमा कुल निष्कासनको पाँच प्रतिशत […]
पूरा पढ्नुहोस्







