धर्म संस्कृत/पर्यटन

प्रधानमन्त्रीले लगाए शीतलनिवास पुगेर राष्ट्रपतिसँग टीका

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग टीकाग्रहण गरेका छन्। राष्ट्रपतिनिवास शीतलनिवास पुगेर प्रधानमन्त्रीले टीका ग्रहण गरेका हुन्। उनीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेललगायत राष्ट्रपतिनिवास पुगेका थिए।  

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीले लगाए पिताको हातबाट दशैंको टीका

  प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् । ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाएका हुन् । पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए । आफूले टीका लगाएपछि प्रधानमन्त्री ओलीले […]

पूरा पढ्नुहोस्

महानवमी : हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको […]

पूरा पढ्नुहोस्

आज नवरात्रिको अन्तिम दिन, शक्तिपीठहरुमा घुइँचो

काठमाडौं । बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । महाअष्टमीको दिन महागौरी र कालरात्रिको पूजा गरिन्छ । यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको घुइँचो छ । […]

पूरा पढ्नुहोस्

नवरात्रको सातौँ दिनः आज घरघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व बिहीबार घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने […]

पूरा पढ्नुहोस्

‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक

काठमाण्डाै । नेपालको इतिहास एवम् धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक भएको छ । अनुसन्धानात्मक यो कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा. स्वामी प्रपन्नाचार्यको तस्वीरमा समर्पण गरी आज पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक गरिएको हो । शोधकर्ता सोडारीले यसअघि पनि ‘के ईश्वर छ ?’, ‘साधनाको अनन्त यात्रा डा. स्वामी प्रपन्नाचार्य’ र ‘धर्मभित्रको विज्ञान’ […]

पूरा पढ्नुहोस्

आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६ः१६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय […]

पूरा पढ्नुहोस्

गढीमाई मन्दिरसम्म पुग्न निःशुल्क बससेवा सञ्चालन

बाराको महागढीमाई नगरपालिकामा रहेको गढीमाई मन्दिरसम्म पुग्न निःशुल्क बससेवा सञ्चालन गरिएको छ। नजिकिँदै गरेको पञ्चवर्षीय मेला सुरु भएसँगै निजी क्षेत्रले दर्शनार्थीहरूको सहजताका निम्ति बाराको सदरमुकाम कलैयाबाट गढीमाई मन्दिरसम्म निःशुल्क बससेवा सुरु गरेको हो। बाराबाट सञ्चालित ओम विनायक ट्राभल्सले दर्शनका लागि कलैयाबाट प्रसिद्ध गढीमाई मन्दिरसम्म दैनिक एकपटक निःशुल्क सेवा दिएको ओम विनायक ट्राभल्सले जानकारी दिएको छ। […]

पूरा पढ्नुहोस्

पशुपतिमा नवरात्रि महोत्सव सुरु

बडादसैँको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा ‘सत्रौँ नवरात्री महा–महोत्सव’ बिहीबारदेखि सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज २५ सम्म सञ्चालन हुनेछ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ । उक्त महोत्सवको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति महोत्सव उपयोगी […]

पूरा पढ्नुहोस्

बाग्मती प्रदेशले मनायो साँखुमा ४५ ओैँ विश्व पर्यटन दिवस

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा आज काठमाडौंको साँखुमा विश्व पर्यटन दिवस कार्यक्रम भव्यरूपमा मनाएको छ । शुक्रबार ४५ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रम प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको सभापतित्व रहेको थियोे  । कार्यक्रममा संघीय सांसद तथा […]

पूरा पढ्नुहोस्