धर्म संस्कृत/पर्यटन
यमपञ्चक सुरु: आजदेखि तिहारको उल्लासपूर्ण सुरुवात
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आज तिहार सुरु भएको हो। बिहान ११:०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व […]
पूरा पढ्नुहोस्
विश्व नेपाली साहित्यिक सम्मेलन नेपालममा
काठमाडौँ, १० कात्तिक । विश्व नेपाली साहित्यक सम्मेलन काठमाडौंमा सुरु भएको छ । शनिबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुुग्छ, त्यहाँ बत्ति बाल्छ र आफ्ना पदचिन्ह छाड्न भन्ने कीर्तिमानलाई कायम राख्न आग्रह गर्नुभएको छ । विश्व नेपाली साहित्य महासङ्घद्वारा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन, २०२४ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले […]
पूरा पढ्नुहोस्
वेदान्त र विज्ञानबीचको संवाद’ विषयक प्रथम अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौं । जीवनकाे उत्पत्ति र विकासमा वेदान्त र विज्ञानबीचकाे संवाद विषयक प्रथम अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । वैज्ञानिक प्रमाण र खोज–अनुसन्धानका आधारमा वेदवेदान्त वा अध्यात्मलाई विज्ञानसँग जोडेर हेर्नु औचित्यपूर्ण हुने र अध्यात्मप्रति नयाँ पिँढीलाई आकर्षित गर्ने लक्ष्यका साथ सम्मेलने आयोजना गरिएको आयोजक बताएका छन्।
पूरा पढ्नुहोस्
नेपाल संवत् न्यूदयाँ तयारी संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री ओली
काठमाडौँ, ५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताउनुभएको हो । “राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि […]
पूरा पढ्नुहोस्
पाशुपत क्षेत्र ईसाइकाे चंगाेलमा गएको आराेप, सुदन किराँतीले पशुपतिको जग्गामा चर्च सञ्चालन गराए
काठमाडौं । पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको जग्गामा क्रिश्चियन मिसनरी र चर्च सञ्चालन गर्न दिएको भन्दै हिन्दू राष्ट्र स्वाभीमान जागरण अभियानले सरकारसमक्ष विरोध जनाएको छ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिको जग्गामा रहेको कालोपुलको ज्ञानेश्वर चर्च फेरि सञ्चालन गराएको अभियानले जनाएको छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली अध्यक्ष रहेको सो अभियानले आइतबार […]
पूरा पढ्नुहोस्
वसन्तपुरमा पर्यटन उत्सव : एक हजार कलाकारको संयुक्त बादन र नृत्य प्रस्तुति
काठमाडौंको वसन्तपुरमा धिमे बादन र नृत्यमा एक हजार कलाकारले संयुक्त प्रस्तुति दिएका छन्। विश्व पर्यटन दिवस, २०८१ को अवसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गरेका थिए। मा धिमे (ठुलो धिमे) र धुन्याबाट सुरु भएको कार्यक्रममा चिगो (सानो धिमे), घौ, भुस्या, पोंगालगायत मौलिक बाजागाजाका बोलमा ६५० कलाकारले गद्दी बैठकअगाडि र […]
पूरा पढ्नुहोस्
धर्मशाला खाली गराउने निर्णयबाट पछि हटे पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे गौशाला धर्मशाला खाली गराउने निर्णयबाट पछि हटेका छन् । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डे आफैं सहभागी सञ्चालक परिषद वैठकले गरेको निर्णयबाट पछि हटेका हुन् । जिल्ला अदालत काठमाडौंले फैसला दिएलगत्तै पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले गौशाला धर्मशाला काठमाडौं महानगरसँगको समन्वयमा सञ्चालन गर्ने निर्णय गरेको […]
पूरा पढ्नुहोस्
राष्ट्रपति पौडेलद्वारा प्रसिद्ध धार्मिकस्थल बडिमालिकाको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरास्थित प्रसिद्ध धार्मिकस्थल बडिमालिका मन्दिरको दर्शन र पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान त्रिवेणी नगरपालिका– ९ मा पर्ने बडिमालिकाको पूजाअर्चना गरी टीका र प्रसाद ग्रहण गरेका हुन्। सो क्रममा राष्ट्रपति पौडेलले बडिमालिकालाई स्वर्गको टुक्रासँग तुलना गर्दै बाजुरावासीलाई स्वर्गका बासिन्दाका रूपमा अर्थ्याए। बडिमालिका दर्शनका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत आज […]
पूरा पढ्नुहोस्
आज काेजाग्रत पूर्णिमा
काठमाडौं : तिथिका हिसाबले पूर्णिमा बिहीबार भए पनि कोजाग्रत पूर्णिमा बुधबार मनाइँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन कोजाग्रत पूर्णिमा मनाउने परम्परा छ। पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोका अनुसार बुधबार बिहान सूर्योदय चतुर्दशीको छ, जुन ३४ घडी १७ पला अर्थात् ७ बजेर ४८ बजेसम्म रहन्छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। बिहीबार २८ घडी १४ पला अर्थात् अपराह्न ५ […]
पूरा पढ्नुहोस्
पशुपति गौशाला धर्मशाला विवाद : सरकारी शैलीप्रति आपत्ति
काठमाडौं: पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाड़ी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । काठमाडौं महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा कब्जा गरिएकोमा उनीहरुले आपत्ति जनाएका हुन् । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा मारवाड़ी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुबीच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले पशुपति गौशाला धर्मशाला […]
पूरा पढ्नुहोस्







