- १८ आश्विन २०८१, शुक्रबार २१:४२
बाराको महागढीमाई नगरपालिकामा रहेको गढीमाई मन्दिरसम्म पुग्न निःशुल्क बससेवा सञ्चालन गरिएको छ।
नजिकिँदै गरेको पञ्चवर्षीय मेला सुरु भएसँगै निजी क्षेत्रले दर्शनार्थीहरूको सहजताका निम्ति बाराको सदरमुकाम कलैयाबाट गढीमाई मन्दिरसम्म निःशुल्क बससेवा सुरु गरेको हो।
बाराबाट सञ्चालित ओम विनायक ट्राभल्सले दर्शनका लागि कलैयाबाट प्रसिद्ध गढीमाई मन्दिरसम्म दैनिक एकपटक निःशुल्क सेवा दिएको ओम विनायक ट्राभल्सले जानकारी दिएको छ।
‘पञ्चवर्षीय मेला सुरु भएसँगै दर्शनार्थीका निम्ति दैनिक बिहान साढे ६ बजे कलैयाबाट गढीमाई मन्दिरसम्म र त्यहाँबाट बिहान साढे आठ बजे कलैयासम्म दर्शनार्थी पुर्याउने र ल्याउने गरी सञ्चालन गरिएको हो । यो मेला सम्पन्न हुने वेलासम्म निरन्तर सञ्चालन हुन्छ,’ ओम विनायक ट्राभल्सका सञ्चालकसमेत रहेका सामुदायिक रेडियो प्रसारक संघ तथा प्रेस चौतरीका केन्द्रीय सदस्य अच्युत पौडेलले भने।
निःशुल्क बससेवा बाराको सदरमुकाम कलैमा उपमहानगरपालिकामा रहेको कलैयाको भरतचोकबाट हरेक दिन बिहान साढे ६ बजे गढीमाई मन्दिरका निम्ति छुट्नेछ भने मन्दिरबाट साढे आठ बजे पुनः कलैया फर्कनेछ।










प्रतिकृया दिनुहोस्