धर्म संस्कृत/पर्यटन
सुदन किराँती तत्काल राजिनामा देउ : रवि लामिछाने
काठमाडौं : संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीको अभिव्यक्ति अहिले चौतर्फी विरोध भइरहेको छ। ‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो। यसैबीचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन माग गरेका छन्। ‘संस्कृति […]
पूरा पढ्नुहोस्
९५ क्विन्टल अन्न प्रयोग गरेर बनाइयो सीतारामको प्रतिमा
जनकपुरधाम, मङ्सिर ३०। विश्व कीर्तिमानी सीतारामको प्रतिमा तयार पार्ने कार्य सम्पन्न भएको छ। जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको सीतारामको प्रतिमा तयार पारिएको हो। जनकपुरधामस्थित रंगभूमि मैदान (बाह्र बिघा) मा सोमबारदेखि बनाउन सुरु गरिएको श्री सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको छ। उक्त प्रतिमा पूर्ण रूपमा तयार भएपछि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार […]
पूरा पढ्नुहोस्
शनिबार स्काेनले चाबहिलदेखि जाेरपाटी चाेक सम्म बृहत् रथयात्रा गर्ने
काठमाडौं । श्री श्री जगनाथ रथ यात्रा मूल समारोह समिति स्कोन जोरपाटी रामहाट केन्द्रले बृहत रथयात्रा गर्ने भएको छ | बृहत रथयात्रामा यहि मंसिरको ३० गते बिहान १० बजे देखि सुरु हुने छ | काठमाडौँको चाबहिल चोक देखि चुच्चेपाटी, बौद्ध, जोरपाटी हुदै नारायणटार सम्म हुने रथयात्रामा धार्मिक तथा संस्कृतिक परम्परालाई जगेर्ना गर सहयोग पुग्ने आयोजकले […]
पूरा पढ्नुहोस्
आमाबाबुको स्मृतिमा करोडको धर्मशाला
रवीन्द्र उप्रेती बर्दिबास, मङ्सिर १३ गते । बर्दिबास–१ का हमाल दाजुभाइले दिवङ्गत आमावुवाको स्मृतिमा करोडौँ खर्चिएर धर्मशाला निर्माण गरी समाजलाई हस्तान्तरण गर्नुभएको छ । बुवा नीरबहादुर हमाल तथा आमा रत्नकुमारीको सम्मान र सम्झनामा छोराहरू डा. कृष्ण हमाल, चिरञ्जीवी हमाल, ओमकार हमाल, नेपाली सेनाका पूर्वरथी किशोर हमाल तथा छोरी दुर्गा शाहीले १ करोड ५ लाख खर्चेर धर्मशाला […]
पूरा पढ्नुहोस्
सूर्योदय हेर्ने पर्यटकले मानहुँकोटका होटल खचाखच
तनहुँ, मङ्सिर १० गते । सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएका छन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ । असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटल खचाखच भरिएको मानहुँकोटस्थित होटल भ्यु टावरका सञ्चालक प्रेम रावतले बताउनुभयो । […]
पूरा पढ्नुहोस्
संघपरिवारकाे पूर्णकालिक वर्ग चतराधाममा प्रारम्भ
हिन्दू स्वयंसेवक संघ नेपालको पूर्णकालिक वर्ग चतराधाममा प्रारम्भ भएको छ । हिन्दू स्वयंसेवक संघ नेपालको सम्पूर्ण वैचारिक संगठनका पूर्णकालिक कार्यकर्ताहरूकाे उपस्थितिमा मंसिर ८ गते देखि सुनसरीकाे चतराधाममा सञ्चालन भइरहेको हाे । यहीं ८ देखि ११ सम्म चल्ने पूर्णकालिक वर्गमा संघ परिवारमा कार्यरत देशभरका पूर्णकालिक कार्यकर्ताहरूले अलग अलग संगठनहरूबाट सहभागीता जनाएका छन् । संघका प्रचारक वेद […]
पूरा पढ्नुहोस्
आज सूर्यको पूजा आराधना गरी छठ मनाइदै
काठमाडौं – देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ। आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ। छठ पर्वका व्रर्तालु हिजोदेखि रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन्। काठमाडौंको गुह्येश्वरीदेखि […]
पूरा पढ्नुहोस्
छठ पर्वको आज दोस्रो दिन, खरनाको तयारीमा व्रतालु
काठमाडौं । छठ पर्वको आज दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् । आज सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्दछन् । शुक्रबारदेखि व्रत बसेका व्रतालुले […]
पूरा पढ्नुहोस्
देउसी–भैलोमार्फत संस्कृति जोगाउन दलित समुदाय अग्रसर
आजभोलि देउसी–भैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसंगति बढ्दै गएको छ । तिहार अर्थात् भाइटीकामा खेलिने देउसी–भैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका– ३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ । समाजले गाउँ–गाउँमा देउसी–भैलोमार्फत मौलिकता जोगाउन सन्देश दिएको छ । […]
पूरा पढ्नुहोस्
आज धनधान्यकी देवी लक्ष्मीपूजा
यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ।आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।आज विशेषगरी घरका झ्याल, ढोका, […]
पूरा पढ्नुहोस्







