धर्म संस्कृत/पर्यटन

आजदेखि स्वस्थानी व्रतकथा

आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अंग पतन भएपछि देवीदेवताको वास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघस्नान, स्वस्थानी व्रत एवं कथावाचन सुरु गरेर यी देवीदेवताको पूजा–आराधना सुरु गर्दै छन् […]

पूरा पढ्नुहोस्

५०० वर्ष पछि भगवान् श्रीरामकाे प्राण प्रतिष्ठा, करोडौँ हिन्दूहरूमा उत्साह

माघ ८, काठमाडौं ।  भारतकाे अयाेध्यामा ५०० वर्षपछि भगवान् श्रीराकाे मन्दिर प्राण प्रतिष्ठा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले आज जनवरी २२ तारिकका दिन शुभमुहुर्तमा भगवान् राम लालाकाे भव्य मूर्ति राममन्दीरकाे गर्भगृहमा प्राण प्रतिष्ठा गरेका हुन ।   यस दिव्यभूमिमाथि कुनैबेला भव्य मन्दिर स्थापित थियो । तर मध्ययुगमा मजहबी असहिष्णुताको प्रतीक अत्याचारी र आक्रमणकारी […]

पूरा पढ्नुहोस्

माघ १ गते हुने तारेभिर महोत्सवको तयारी तीव्र

माघ १ गते हुने दशौँ तारेभिर महोत्सवको तयारीलाई तीव्र पारिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा हुने महोत्सवको तयारी र प्रचारका लागि आज कविता महोसव आयोजना गरिएको छ। माघ १  गते संचालन हुने सो महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै मूल व्यवस्थापन समितिले सहभागिताका लागि सम्पूर्ण महानुभावहरुमा अनुरोध गरेको छ। गोकर्णेश्वर नगरपालिका वडा […]

पूरा पढ्नुहोस्

स्वामी अच्युत प्रपन्नाचार्यलाई राम मन्दिरको निम्तो

विराटनगर–१२ पाञ्चालीस्थित श्री लक्ष्मी नारायण मन्दिरका पिठाधीश स्वमी अच्युत प्रपन्नाचार्यलाई भारत अयोध्या राम मन्दिरको उद्घाटन समारोहमा सहभागिता जनाउन निम्तो आएको छ । भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा विशाल राम मन्दिरको निर्माण भएको छ । र त्यही राम मन्दिरको २०८० साल माघ ८ गते अर्थात सन् २०२४, २२ जनवरीका दिन भव्य रुपमा उद्घाटन हुँदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले […]

पूरा पढ्नुहोस्

अयोध्यामा हुने प्राण प्रतिष्ठा समारोहमा धनगढीका नगर प्रमुख हमाललाई निमन्त्रणा

धनगढी । अयोध्या श्रीराम जन्मभूमिमा हुने प्राण प्रतिष्ठा समारोहमा  धनगढी उप(महानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई निमन्त्रणा आएको छ । पौष , शुक्ल  द्वादशी बिक्रम सम्बत २०८०  सोमबार  (२२जनवरी २०२४) मा हुने उक्त समारोहमा श्रीराम जन्मभूमी तिर्थ क्षेत्र मन्दिर निर्माण कार्यशाला रामघाट अयोध्याबाट नगर प्रमुखलाई निमन्त्रणा आएको हो । श्रीरामललाको गर्भगृहमा हुने प्राण प्रतिष्ठा समारोहमा  भारतका […]

पूरा पढ्नुहोस्

इशाई बने रोग निको हुन्छ भन्दै महिलाहरुलाई झुक्याएको आरोपमा धर्म प्रचारकलाई मोसो दलियो

रुपन्देही । कपिलवस्तुमा उपचारको नाममा झुक्काएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दुई जनालाई कालोमोसो दलिएको छ । अबोध बालबालिकालाई झुक्क्याएर बाइबल पाठ गराएको र स्थानीय महिलालाई उपचारका नाममा झुक्क्याएको आरोप लगाउँदै कपिलवस्तु नगरपालिका वडा नम्बर २ प्रहरी कार्यालय टोलको एक घरमा दुई जनालाई कालोमोसो दलिएको हो । महाकाल युवा शक्ति नेपालका कार्यकर्ता र स्थानीयले दुई […]

पूरा पढ्नुहोस्

पशुपतिको आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति कोषको आपत्ति

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति आपत्ति जनाएको छ । कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार उक्त सूचनाप्रति आपत्ति भएको बताएकी छन् । पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र […]

पूरा पढ्नुहोस्

पशुपतिनाथको आरतीको फोटो भिडियोमा कपीराइट प्रकरणको तिव्र विरोध

पुष २०,  काठमाडौँ । पशुपतिनाथको आरतीको भिडियो फोटोको कपीराइट प्रकरणको चौतर्फि विरोध भइरहेको छ । बुढासुब्बा डिजिटलको तर्फबाट बिहीबार एउटा सूचना जारी भए पछि सामाजिक सञ्जाल त्यसको विरोधमा तातिएको हो । सूचनामा पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनिएको थियो । उक्त क्षेत्रमा […]

पूरा पढ्नुहोस्

बुढासुब्बालाई १ लाख ६० हजारमा बेचियो पशुपति आरतीको कपिराइट

काठमाडौं । पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरतीको भिडिओ कपिराइट बुढासुब्बा डिजिटलले मासिक एक लाख ६० हजार रुपैयाँमा खरिद गरेको पाइएको छ । केही महिनाअघि पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौतामा बुढासुब्बाले यो रकममा कपिराइट लिएको पाइएको हो । कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले पशुपति क्षेत्रमा हुने गंगा आरती र कोर क्षेत्रमा […]

पूरा पढ्नुहोस्

बौद्धनाथ क्षेत्र विकासद्वारा आयोजितज्येष्ठ नागरिक धार्मिक भ्रमण सम्पन्न

१९ पुष, काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समिति द्वारा आयोजित ज्येष्ठ नागरिक धार्मिक भ्रमण सम्पन्न भएको छ । समितिले काठमाडौं महानगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरुको सम्मान स्वरूप तीन दिने लुम्बिनी लगायतका धार्मिक स्थलहरुको भ्रमण गराएको हो । ज्येष्ठ नागरिकहरुको चाहना अनुसार श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको नेतृत्वमा […]

पूरा पढ्नुहोस्