कलेज
सञ्चार तथा सामाजिक विकाससम्बन्धी चारदिने अन्तर्राष्ट्रिय संगोष्ठी बुधबारबाट सुरु
दोस्रो परा हिमालय सञ्चार तथा सामाजिक विकास संगोष्ठी बुधबारबाट धुलिखेलमा सुरु भएको छ। चार दिवसीय संगोष्ठीको उद्घाटन सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन्। चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना र काठमाडौं विश्वविद्यालयको आथित्यमा भएको सम्मेलन पान–हिमालयन कम्युनिकेसन रिसर्च सेन्टर, सिचुआन फिलोसोपी एन्ड सोसल साइन्सकी ल्याब्रोटरी अफ डिजिटल एन्ड पब्लिक गभर्नेन्स, […]
पूरा पढ्नुहोस्
कुश्माकाे ५ विद्यालयका विद्यार्थीलाई प्राज्ञिकले बाँड्याे शैक्षिक सामग्री
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद,नेपाल कुश्मा नगर समितिको आयोजनामा पर्बत स्थित ५ सामुदायिक विद्यालय( कक्षा ११/१२)मा अध्यनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । असाेज १६ गते बुधबार विद्यार्थी परिषद्ले पर्वतका पाँच विद्यालयका १२५ गरिब जेहेन्दार, असाहाय र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ । विगत ३ वर्षदेखि विद्यार्थी परिषद्ले […]
पूरा पढ्नुहोस्
त्रिविले स्थगित गरेकाे परीक्षा १७ र २१ गते सञ्चालन गर्ने
काठमाडाैँ – त्रिभुवन विश्वविद्यालकाे परीक्षा असोज २१ गते सञ्चालन हुने भएकाे छ। देशभर उत्पन्न भएको मौसमको प्रतिकुलताका कारण स्थगित गरिएको त्रिभुवन विश्वविद्यालकाे परीक्षा असोज २१ गते सञ्चालन गर्ने भएको छ। उक्त परीक्षा २१ गते सोहि समयमा, सोहि परीक्षा केन्द्रहरुमा संचालन हुने सूचना प्रकाशित गरेको छ। १० गते देखि संचालनमा रहेको मानविकी, शिक्षाशास्त्र, तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन […]
पूरा पढ्नुहोस्
आईओएमको डीनमा ३ जनाको नाम सिफारिस
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनका लागि नाम सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ । आइतबार लिएको कार्ययोजना प्रस्तुतिसहितको अन्तर्वार्ता पछि वर्तमान डिन प्रा.डा. दिव्यासिंह शाह, प्रा.डा. मोहनराज शर्मा र प्रा.डा. सुधा बस्नेतको नाम त्रिवि कार्यकारी परिषद्मा सिफारिस भएको स्रोतले जनाएको छ । अल्पसूचीमा प्रा.डा. अभिमन्यू झा, प्राडा […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा प्रकाशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०८० साल असोजमा लिएको BBS प्रथम वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ। साेमबार साँझ एक परीक्षा लिएको एक वर्षपछि उक्त नतिजा सार्वजनिक गरिएको हाे । नतिजा tuexam.edu.np मा हेर्न सकिनेछ ।
पूरा पढ्नुहोस्
विश्व पर्यटन दिवसको अवसरमा अथर्वका विद्यार्थीद्वारा ‘मिनि फूड फेस्टा’ सम्पन्न
विश्व पर्यटन दिवसको अवसरमा यश अथर्व विजनेस कलेजमा अध्यनरत BHM का विद्यार्थीहरुको आयोजनामा ‘मिनि फूड फेस्टा’ कार्यक्रम सम्पन्न गरेका छन् । हरेक बर्ष झै यस बर्षपनी विश्व पर्यटन दिवसको अवसरमा विद्यार्थीहरुले विभिन्न कार्यक्रम अन्तर्गत ‘मिनि फूड फेस्टा’ कार्यक्रम गरेका हुन्। उक्त कार्यक्रममा विद्यार्थीहरुले नेपाली परम्परा र संस्कृति उजागर गर्ने खालका खानाका परिकारहरु तयार गरेका थिए। […]
पूरा पढ्नुहोस्
झापाको कमल मदन आश्रित स्मृतिका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
असाेज ८, झापा । विद्यार्थी परिषद्ले झापाकाे श्री कमल मदन आश्रित स्मृतिमामा शैक्षिक सामग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद्ले आफ्नो सेवा कार्य अन्तर्गत कमल गा.पा झापामा अबस्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हाे । उक्त कार्यक्रममा परिषद्का राष्ट्रिय सचिव विवस कटुवाल, विद्यालयका […]
पूरा पढ्नुहोस्
राज्यले निजी विद्यालयका विद्यार्थीलाई विभेद गरे शैक्षिक हडताल गर्ने प्यब्सनको चेतावनी
काठमाडौं, २७ भदौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यब्सन)ले निजी विद्यालयका बालबालिकाहरूलाई पुरस्कृत गर्ने विषयमा समेत राज्य विभेद गरेको भन्दै विरोध जनाएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय हेटौडाले बालबालिकाहरूलाई पुरस्कृत गर्ने विषयमा समेत विभेद गरेको भन्दै विरोध जनाएको हो । प्याब्सनले प्रेस विज्ञप्ति जारी गर्दै बागमती […]
पूरा पढ्नुहोस्
परीक्षा आवेदन फाराम खुला
काठमाडौं, १९ भदौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तह तेस्रो वर्ष दोस्रो खण्ड सेमेस्टर परीक्षाको आवेदन फाराम भर्नका लागि सूचित गरेको छ । डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरूको परीक्षा कात्तिक/मङ्सिर महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भर्न भनेको हो । सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङ […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक ( हेर्नुस् नतिजा सहित )
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्षकाे नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले एक वर्षे वि.एड पार्सिएल तर्फकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा यश प्रकार रहेको छ ।
पूरा पढ्नुहोस्







