- ८ आश्विन २०८१, मंगलवार २१:४०
असाेज ८, झापा । विद्यार्थी परिषद्ले झापाकाे श्री कमल मदन आश्रित स्मृतिमामा शैक्षिक सामग्री वितरण गरेको छ ।
प्राज्ञिक विद्यार्थी परिषद्ले आफ्नो सेवा कार्य अन्तर्गत कमल गा.पा झापामा अबस्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हाे ।
उक्त कार्यक्रममा परिषद्का राष्ट्रिय सचिव विवस कटुवाल, विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहाल, वि.ब.स अध्यक्ष हाेम बहादुर बराल, परिषद्का प्रदेश सह सचिव नरेश प्रसाद ताजपुरिया, प्रदेश सदस्य अनिल फुयाल लगाएत विद्यालयका शिक्षक विद्यार्थी एवम् पूर्व विद्यार्थीहरूकाे विषेश उपस्थितिमा उक्त शैक्षिक सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ ।
भारत सरकार र भारतीय जनताले प्रदान गरेकाे उक्त सामग्रीहरू झाेला, कापि, कलम, ज्यामिति बकस, प्राज्ञिक अङ्ग्रेजी बाेलिचालि पुस्तक, नेपाली शब्दकाेषहरू विद्यार्थी र विद्यालयलाई प्रदान गरिएको राष्ट्रिय सचिव बिवस कटवालले जानकारी दिनुभएको छ ।











प्रतिकृया दिनुहोस्