कलेज

गाैरी शंकर क्याम्पसकाे स्ववियु अध्यक्षमा बालकृष्ण हुमागाईं निर्वाचित

बारा । निजगढकाे गाैरी शंकर क्याम्पसकाे स्ववियु अध्यक्ष पदमा प्रभावशाली मानिएको विद्यार्थी नेता बालकृष्ण हुमागाईं अध्यक्ष पदमा निर्वाचित भएका छन् । बारा जिल्लाकाे निजगढमा रहेकाे गाैरी शंकर क्याम्पस पहिलोपटक भएको स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा अनेरास्ववियुकाे तर्फबाट स्ववियु अध्यक्ष पदमा बालकृष्ण हुमागईं निर्वाचित भएका छन् । विद्यार्थीकाे वृद्धि विकास, खेलकुद र समाजसेवामा सकृय बालकृष्ण निजगढकाे विकास […]

पूरा पढ्नुहोस्

नेविसंघ विवाद: महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगजनी

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगो लगाएका छन। नेविसंघले आधिकारिक सङ्गठनको देउवा पक्षको मान्यता प्रज्जवल विष्टको समूहलाई दिएपछि अर्को समूह नेविसंघ शेखर कोइराला पक्षले आगो लगाएको हो। नेबिसंघको इतर समूह सरोज पोख्रेल पक्षका गुड्डु साहकाे नेतृत्वमा योगराज दाहाल लगायत १२–१४ जनाको समूहले निर्वाचन सम्बन्धी असन्तुष्टि जनाउँदै आगो लगाउनुको साथै स्ववियु निर्वाचन अधिकृत सुशील […]

पूरा पढ्नुहोस्

समावेशी कक्षाकोठाको व्यवस्थापन : फरक पक्षलाई पहिचान गर्न आवश्यक

काठमाडौं २१ फागुन ।  महिला समानता, सशक्तीकरण, महिला अधिकार तथा न्यायका लागि आफूहरूबाट नै सुरुवात गर्नुपर्ने सरोकारवाहरूले बताएका छन् । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खबर एजुकेशनको आयोजना र एजुकेशन फर द नेक्सटजेन तथा न्यू मिलेनियम स्कुलको संयोजनामा शिक्षा क्षेत्र विकासमा महिलाको भूमिका सम्बन्धी छलफल कार्यक्रममा उक्त कुरा बताएका हुन् । यसैगरी शिक्षा क्षेत्र […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचनमा स्वतन्त्र, बौद्धिक र रचनात्मक नेतृत्वको पक्षमा मतदान गर्न आवहान

काठमाडौं । सन्दीप महरा,  शिक्षा समाजको मेरुदण्ड हो, र विश्वविद्यालय भनेको कुनै पनि राष्ट्रको बौद्धिक उत्थानको आधारभूमि। शिक्षण संस्था केवल पाठ्यपुस्तकीय ज्ञान बाँड्ने ठाउँ मात्र होइन, बरु यो समष्टिगत रुपमा एक यस्ता चेतनशील नागरिक उत्पादन गर्ने थलो हो, जसले समाजलाई मार्गदर्शन गर्न सक्छन्। यद्यपि, पछिल्ला केही दशकहरूमा विश्वविद्यालय र क्याम्पसहरू राजनीतिक हस्तक्षेपको दलदलमा फस्दै गएका […]

पूरा पढ्नुहोस्

त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्रबाट दिनेश कार्कीकाे उम्मेदवारी घाेषणा

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा रचनात्मक विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको वृद्धि विकास र हकहितको लागि लड्ने वर्तमान स्ववियु सह–सचिव दिनेश कार्कीले स्वतन्त्रबाट स्ववियु सभापतिको उम्मेदवार घोषणा गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकाय र इतिहास विषयमा डबल डिग्री गर्दै आइरहेका दिनेश कार्की विगत १० वर्षदेखि दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको नेतृत्व, विकास, […]

पूरा पढ्नुहोस्

त्रिविमा राेजगारकाे अवसर : त्रिविले माग्यो ५ सय ४० पदका लागि दरखास्त

फागुन । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला प्रतियोगिता अन्तर्गत विभिन्न तह र श्रेणी गरी कुल ५ सय ४० पदका लागि आवेदन माग गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका प्रशासनिक/प्राविधिक पदहरूमा खुला/समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ […]

पूरा पढ्नुहोस्

नेपाली विद्यार्थीको पक्षमा अखिल भारतीय विद्यार्थी परिषद्ले सुरु गर्यो आन्दोलन

अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद्ले समन्वय गरेसँगै  ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा उत्रिएका नेपाली विद्यार्थीलाई कलेज प्रशासनले निकाला गरेपछि नेपाली विद्यार्थीको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन् । नेपाली विद्यार्थीलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेशन पुर्याईएको घटनाको […]

पूरा पढ्नुहोस्

त्रिविले पहिलोपटक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्‍यो २४ क्याम्पस प्रमुख (सूचीसहित)

त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आङ्गिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । ६४ आङ्गिक क्याम्पसमध्ये त्रिविले २४ वटामा क्याम्पस प्रमुख नियुक्त गरेको हो । त्रिविले क्याम्पस प्रमुख नियुक्तिको सिफारिसका लागि छनोट तथा सिफारिस समिति गठन गरेको थियो । प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गर्ने, मूल्याङ्कन गर्ने भनेर कार्यविधिसमेत जारी भएको थियो । सोही समितिको […]

पूरा पढ्नुहोस्

बौद्धस्थित जेभियर इन्टरनेशनल कलेजको गम्भिर लापरवाहीका कारण १९ वर्षीया छात्रा गुनगुन तामाङको मृ*त्यु

  काठमाडौं । विद्यार्थीलाई ओरिएन्टेशनका लागि ककनी लगिन्छ । क्याम्प फायरको क्रममा आगोमा तार्पिन तेल हालिन्छ । तार्पिन तेल मानव स्वास्थ्यका लागि विषसरह मानिन्छ । त्यसको असर छेवैमा बसेकी गुनगुन तामाङलाई पर्छ र उनि ढल्न पुग्छिन् । गुनगुन ढलेपछि शिक्षकहरु गम्भीर हुनुपथ्र्यो, तर,विद्यार्थीहरुलाई भित्र पठाएर रमाइलो गर्नतिर लाग्छन् । झण्डै तीन घण्टापछि मात्रै हस्पिटल पुर्याइन्छ […]

पूरा पढ्नुहोस्

पाटन क्याम्पसमा ३० विद्यार्थीको भर्ना रद्द, योग्यताको आधारमा गर्न निर्देशन

काठमाडौँ । पाटन बहुमुखी क्याम्पसमा स्नातक तहको बीएससी सीएसआईटी कोर्समा ३० विद्यार्थीको भर्ना रद्द भएको छ । विद्यार्थी संगठन र क्याम्पसका पदाधिकारी मिलेर योग्यता मिचेर ‘पकेट’का विद्यार्थीको भर्ना गरिएको थियो । नियमविपरीत भर्ना भएको उजुरी परेपछि त्रिविले छानबिन समिति बनाएको थियो । त्रिविको विज्ञान तथा प्रविधि संकायका सहायक डीन खगेश्वर मण्डलका अनुसार छानबिन समितिले योग्यता मिचेर […]

पूरा पढ्नुहोस्