Author: bipin kandel
हिल्सा र लिमीमा तापक्रम माईनस आठ डिग्री
जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको चीनसंगको सिमाना हिल्सा र लिमीमा तापक्रम माईनसमा झरेको छ । तापक्रम माईनस भएसंगै चिसो अत्याधिक बढेको र जनजीवन समेत प्रभावित भएको हो । नाम्खा –६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीमा तापक्रम माईनस आठ डिग्री सेल्सीयसमा झरेकाले चियो अध्याधिक बढेको बताउनुभयो । दिउँसो केही कम भए पनि विहान र […]
पूरा पढ्नुहोस्
स्पेन विजयी, पोर्चुगल बराबरीमा
स्पेन, पोर्चुगल र क्रोसिया बिहिबार रातिको खेलपछि विश्वकप फुटबल छनोटको नजिक पुगेका छन् । स्पेनले ग्रीसलाई १–० ले हरायो । पाब्लो साराबियाको गोलले स्पेन विजयी भएको हो । सो समूहमा रहेको स्वीडेन विदा भइसकेको जर्जियासँग २–० ले स्तब्ध भएपछि पनि स्पेनलाई फाइदा पुगेको हो । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल भने आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो । […]
पूरा पढ्नुहोस्
पार्टी एकताका लागि विप्लवलाई प्रचण्डकाे आव्हान
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पनि एकताका लागि आव्हान गर्नुभएको छ । शुक्रबार काेटेश्वरस्थित माओवादी केन्द्रकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा आयाेजित पार्टी प्रवेश कार्यक्रममा उहाँले अन्य कम्युनिस्ट घटकहरुसँग पनि मिलेर अगाडि जान सकिने पनि बताउनुभएको छ । देशमा प्रतिक्रियावादी शक्तिहरुले माओवादी केन्द्रलाई घेराबन्दी गरिरहेकाे […]
पूरा पढ्नुहोस्
पहिलो दिनमै १५ लाखको गणना
राष्ट्रिय जनगणना–२०७८ बिहीबारबाट सुरु गरिएको छ । जनगणनाको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको विवरण सङ्कलन गरेर जनगणना शुभारम्भ गरिएको छ । पहिलो दिन बिहीबार बिनाअवरोध देशैभर जनगणना गरिएको छ । केही स्थानीय तहमा चिसो मौसमका कारण केही ढिलो गरी जनगणाना सुरु […]
पूरा पढ्नुहोस्
कर्णालीमै पहिलाे पटक हाडजोर्नीको प्रत्यारोपण
कर्णाली प्रदेशमा पहिलो पटक हाडजोर्नीको सफलतापूर्वक प्रत्यारोपण गरिएको छ ।प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा दुई जना महिलाको जोर्नीको प्रत्यारोपण गरिएको हो । अस्पतालका अनुसार कालीकोटका दिपा महतरा र दैलेखका रंगा विकको जोर्नी प्रत्यारोपण गरिएको हो । दुबैजनाको दाहिने खुट्टामा जोर्नीको प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । प्रत्यारोपण सेवाका लागि प्रदेश अस्पतालमा ६ जना ‘कन्सल्टेन्ट अर्थोपेडिक’ चिकित्सकहरुको […]
पूरा पढ्नुहोस्
दुई दिनमा १५ लाख मात्रा खोप आयो
नेपालमा भेरोसेल र एस्ट्राजेनेका गरी झन्डै १५ लाख मात्रा खोप आएको छ । बिहीबार दिउँसो चीनबाट १० लाख मात्रा भेरोसेल खोप नेपाल आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा खरिद शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बिहीबार थप १० लाख मात्रा भेरोसेल खोप आएको बताउनुभयो । उहाँले बुधबार राति स्विजरल्यान्डबाट थप चार लाख ९२ हजार मात्रा […]
पूरा पढ्नुहोस्अस्ट्रियामा खोप नलगाएकालाई लकडाउन
अस्ट्रियामा कोरोना संक्रमण उच्च गतिमा बढ्न थालेपछि खोप नलगाएकालाई लकडाउन गर्ने तयारी गरिएको छ । अपर अस्ट्रिया राज्यले आगामी सोमबारदेखि प्रतिबन्ध लगाउने भएको छ । अस्ट्रियाको मुख्य शहर साल्जबर्गमा पनि नयाँ प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । खोप नलगाउनेका लागि देशव्यापी लकडाउन अपरिहार्य भएको अस्ट्रियाका गभर्नरको भनाइ छ । खोप लगाउन हिच्किचाउने मानिसका कारण देशको […]
पूरा पढ्नुहोस्
आइसीसी टी-ट्वान्टी विश्वकपः पाकिस्तानलाई पछि पार्दै अष्ट्रेलिया फाइनलमा
आइसीसी टी-ट्वान्टी विश्वकपमा अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै फाइनलको यात्रा पक्का गरेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै दोस्रोपटक फाइनलमा स्थान बनाएपनि टी-ट्वान्टी विश्वकपको उपाधी भने उचाल्न सकेको छैन । दुबई इन्टनेशनल स्टेडियममा टस हारेर पहिलो ब्याटिङ थालेको पाकिस्तानले २० […]
पूरा पढ्नुहोस्
चितवन भरतपुरका युवाहरुको लोभलाग्दो मेवा खेती
चितवनको भरतपुर महानगरपालिका-१८ गुञ्जनगरमा चार जना युवाहरु मिलेर मेवा खेती गरेका छन् । उनीहरुले तीन बिगाह जग्गा भाडामा लिएर मेवा खेति गरेका हुन् । नयाँ केही काम गरौं भन्ने सोचका साथ शुरु गरेको मेवा खेतिबाट उनीहरु पहिलो लटमै चार हजार किलो मेवा बिक्री गर्न सफल भएको सुसन सिंह केसिले बताउनुहुन्छ । थाईल्याण्डबाट बीउ ल्याएर २५ […]
पूरा पढ्नुहोस्
सर्वोच्चको मुल गेटमा झडप
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको छ । सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका आन्दोलनरत कानुन व्यवसायी र प्रधानन्यायाधीश पक्षधर कानुन व्यवसायीबीच झडप भएको हो । आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द […]
पूरा पढ्नुहोस्







