- २७ पुष २०८१, शनिबार ०८:०४
काठमाडौं । राष्ट्रनिर्माता तथा आधुनिक नेपालको प्रथम राजा पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँको योगदान तथा बलिदानको उच्च सम्मानसाथ स्मरण गरि यस पौष २७ गतेलाई एक बिशेषदिनको रूपमा नेपाली जनहरुले मनाउँदै आईरहेका छन् ।
यसदिन विशेष गरेर राष्ट्रको एकिकरणको निमित्त उहाँको नेतृत्वदायी भुमिका साथै उहाँले नेपाली जनहरू प्रति दिनुभएको दिव्योपदेश स्मरण गर्ने गरिन्छ । यसका साथै यस अवसरमा विभिन्न व्यक्तित्वहरू लगायत विभिन्न सामाजिक सङ्घसंस्था, संगठनहरूले उहाँको मुर्ति तथा फोटोहरूमा माल्यार्पण साथै विभिन्न किसिमका कार्यक्रम गरि सम्मान व्यक्त गर्ने गरिन्छ । तत्कालिन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए ।
उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्नका निमित्त आधार तयार गरेकोले नेपाल पनि विश्वका विभिन्न पुराना स्वतन्त्र मुलुकहरू झै विशेष रहन पुगेको छ । वि.सं. १७७९ मा जन्मिएका उनि २० वर्षको उमेरमा गद्दी आरोहण गरि विभिन्न आन्तरिक तथा बाह्य अवरोधलाई शक्तिको रुपमा परिवर्तन गरि एकिकरण गरेका थिए ।
विशेषगरि उनको शासनकालमा दिनुभएको ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने दिव्योपदेश आजका दिनमा पनि भ्रष्ट्रचार न्युनिकरण र सुशासन निमित्त उत्तिकै सान्दर्भिक र महत्वपुर्ण छ । साथै उहाँले नेपालको भौगलिक अवस्थालाई चित्रित गर्दे ‘नेपाल दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिएका थिए, जुन कुराले नेपाल दुई ठुला शक्तिहरु विचको एउटा सानो सुन्दर भुमिको रुपमा संकेत गर्दछ । साथसाथै उहाँले ‘नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी’ को रुपमा संज्ञा दिनुभएको दिव्योपदेश आजको दिनमा पनि राष्ट्रिय स्वाधिनता तथा एकताको निमित्त विशेष स्थान राख्ने गर्दछ । उहाँको योगदान तथा उहाँले दिनुभएको दिव्योपदेश आजको दिनमा पनि हरेको नेपाली नागरिकलाई आफ्नो देशप्रतीको जिम्मेवारी बोध गराउँदछ ।
पछिल्लो समय यस दिनलाई विशेषरुपमा मनाईदै आइएको छ । सोहि अनुरुप प्राज्ञिक विद्यार्थी परिषद्ले पनि यसलाई विशेषरुपमा पृथ्वीनारायण शाहको योगदान तथा उहाँले दिनुभएको दिव्योपदेशको स्मरण गरि विभिन्न कार्यक्रम आयोजना गराई थप यसलाई उचों पारि नयाँ पुस्तालाई आफ्नो देश र सँस्कृतीप्रति थप जिम्मेवार बनाउन विशेष भुमिका निर्वाह गरिरहेको छ । उनको ५२ वर्षको उमेरमा वि सं १८३१ मा निधन भएको थियो भने उहाँको प्रेरणादायी भुमिका हाल सम्म पनि हरेक नेपालीको मस्तिष्कमा जिवित रहेका छन्।
राजनबाबु लामिछाने, सदस्य ( प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रि.वि. एकाइ )










प्रतिकृया दिनुहोस्