- १५ फाल्गुन २०८०, मंगलवार १९:५३
नारायणगढ नारायणी नदी किनारमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण वर्षको उद्घाटन गर्ने मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा माहानगरपालिकाका मेयर रेनु दाहालले जानकारी दिइन् ।
उद्घाटन कार्यक्रमअघि भरतपुरका विभिन्न चोकबाट निस्कने र्याली र झाँकीहरुले बजार परिक्रमा गर्नेछ । उद्घाटन कार्यक्रममा ५० हजार जनालाई सहभागी गराउने योजना रहेको मेयर दाहालले बताइन् । भ्रमण वर्षमा दुई लाख विदेशीसहित पाँच लाख पर्यटक भित्राउने उद्देश्य राखेको उनले बताइन् । भ्रमण वर्ष अवधिभर विभिन्न ५१ वटा कार्यक्रमहरु सञ्चालन हुने उनले जानकारी दिइन् ।
भरतपुरको आडमा पर्यापर्यटनका लागि विश्व मै चिनिएको चितवन निकुञ्ज र अर्को प्रख्यात धार्मिकस्थल देवघाटधाम छ । प्राकृतिक, धार्मिक, ऐतिहासिक र मानव निर्मितसमेत गरेर महानगरमा २२ वटा आकर्षक पर्यटकीय गन्तव्य तय गरेको मेयर दाहालले बताइन् ।
महानगरपालिकाभित्र साढे सात हजार र थप साढे सात हजार जना बस्न मिल्ने होटल रिसोर्टहरु चितवनको बाँकी क्षेत्र र गैंडाकोटमा रहेका हुँदा दैनिक १५ हजारजनालाई खाने बस्ने सेवा दिन सक्ने अवस्था रहेको उनको भनाइ छ ।










प्रतिकृया दिनुहोस्