Tag: हरितालिका तिज
हरितालिका तीज पर्वको सांस्कृतिक र सामाजिक पक्ष
काठमाडौं । विष्णुप्रसाद पाेखरेल, हरितालिका तीज नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक मौलिकता, पारिवारिक आत्मीयता र सामाजिक सद्भावलाई एकै सूत्रमा गाँस्ने विशिष्ट पर्व हो। यो केवल व्रत र पूजामा सीमित पर्व नभई नारीशक्ति, पारिवारिक पुनर्मिलन, सामाजिक अन्तर्घुलन, आत्मसमीक्षा तथा सकारात्मक रूपान्तरणको उत्सवका रूपमा विकसित भएको देखिन्छ। धार्मिक तथा आध्यात्मिक पक्ष- हरितालिका तीजमा उमामहेश्वरको अर्चना गरिन्छ। पार्वती […]
पूरा पढ्नुहोस्
पशुपतिमा तिजकाे राैनक
काठमाडौं : भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा […]
पूरा पढ्नुहोस्
आज हरितालिका तीज के छ यसकाे महत्त्व ?
काठमाडाैं। नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक याे बर्ष विगतभन्दा बढेकाे छ । विगतमा काेराेना संक्रमणका कारण भिडभाड गर्न नपाएकाले धार्मीक तथा विभिन्न स्थानमा हुने तिजकाे कार्यक्रम राम्रोसँग हुन पाएकाे थिएन । यस वर्ष भने उत्साहका साथ तिज कार्यक्रम हुँदै छ । तिजकाे राैनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि उत्तिकै हुने गरेकाे छ […]
पूरा पढ्नुहोस्
आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै
काठमाडौं, भदौ १४ । हिन्दु महिला दिदीबहिनीले निराहार व्रत बसी आज हरितालिका मनाउँदै छन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाले तीजका दिन पानी समेत नपिइ आफ्ना पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बस्ने चलन छ । पछिल्लो समयमा व्रत बस्ने […]
पूरा पढ्नुहोस्
धार्मिक एवं सांस्कृतिक पर्वलाई सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
भदौ १४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन् । साथै उनले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वर्द्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । हिन्दू धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा एक […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् विश्वविद्यालय समितिद्वारा तिज विशेष दरखाने कार्यक्रम सम्पन्न
भदौ ११, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिवि इकाई समितिद्वारा हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । त्रिभुवन विश्वविद्यालयका विभिन्न केन्द्रीय विभागमा अध्यनरत करिब ७० जना विद्यार्थीहरू एवं परिषद्का राष्ट्रिय सचिव नारायण तिमिल्सिना, परिषद्का शुभचिन्तक गीता गाैतम र वागमती प्रदेश सचिव एवं त्रिवि संयाेजक सुरेन्द्र भट्टराईकाे उपस्थितिमा सम्पन्न भएकाे उक्त कार्यक्रमकाे […]
पूरा पढ्नुहोस्







