- ११ भाद्र २०७९, शनिबार २२:३०
भदौ ११, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिवि इकाई समितिद्वारा हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
त्रिभुवन विश्वविद्यालयका विभिन्न केन्द्रीय विभागमा अध्यनरत करिब ७० जना विद्यार्थीहरू एवं परिषद्का राष्ट्रिय सचिव नारायण तिमिल्सिना, परिषद्का शुभचिन्तक गीता गाैतम र वागमती प्रदेश सचिव एवं त्रिवि संयाेजक सुरेन्द्र भट्टराईकाे उपस्थितिमा सम्पन्न भएकाे उक्त कार्यक्रमकाे उद्घाटनमा परिषद्कि त्रिवि सदस्य सुस्मिता चालिसेले तिजकाे पाैराणिक महत्त्वकाे बारेमा आफ्ना विषय वस्तु प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी परिषद्का राष्ट्रिय सचिव नारायण तिमिल्सिनाले शुभकामना दिँदै संस्कृतिकाे रक्षा एवं प्रवर्द्धन गर्नु हाम्राे दायित्व हाे र तिजमा आएकाे विकृतिलाई हामीले नै ठिक गर्नुपर्ने कुरा उल्लेख गर्नु भएको थियोे ।
कार्यक्रममा सहभागी विश्वविद्यालमा अध्ययनरत छात्राहरूलाई दर खुवाउने कार्यक्रम पनि संचालन गरिएको थियोे भने , तिजसँग सम्बन्धित अलग अलगहरूमा सामुहिक नाचगान समेत भएको राष्ट्रिय सचिव नारायण तिमल्सिनाजि शिक्षा संचारलाई जानकारी गराउनु भएको थियोे ।
त्रिवि इकाई समितिकाे आयोजनामा भएको तिज विशेष शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रममा उपस्थिति भएर सफल पार्नु भएका सम्पूर्ण व्यत्तिहरूलाई धन्यवाद दिदै त्रिवि संयाेजक सुरेन्द्र भट्टराईले आउदै गरेकाे हरितालिका तिजकाे शुभकामना व्यत्त गर्नु भएको थियोे ।










प्रतिकृया दिनुहोस्