Tag: सामुदायिक विद्यालय

काठमाडौँ महानगरले सबै सामुदायिक विद्यालयका कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्दै

काठमाडौँ, २४ असोज । काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री (डिजिटल) बनाउँदै लगिएको छ । महानगरले अब आफ्ना सामुदायिक विद्यालयका लगभग सबै कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्ने तयारी गरेको छ । यससँगै सामुदायिक विद्यालयका विद्यार्थीहरूले डिजिटल स्मार्ट बोर्डमार्फत आधुनिक तरिकाले पढ्ने अवसर पाउने छन् भने शिक्षकहरूले पनि डिजिटल प्रविधिको प्रयोग गर्दै अध्यापन गर्न सक्ने वातावरण […]

पूरा पढ्नुहोस्

काठमाडौंका २१ सामुदायिक विद्यालयको शतप्रतिशत सफलता : एसईई २०८१ मा उत्कृष्ट नतिजा

काठमाडौं, असार २० । काठमाडौं जिल्लाका २१ वटा सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता हासिल गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौंले सार्वजनिक गरेको विवरण अनुसार ती विद्यालयबाट परीक्षामा सहभागी भएका सबै विद्यार्थी उत्तीर्ण भएका हुन् । सामुदायिक विद्यालयप्रति रहेको आम धारणा बदल्न यी विद्यालयहरूको सफलता महत्वपूर्ण मानिएको छ […]

पूरा पढ्नुहोस्

फेसबुक अभियानबाट उठेको रकमले २५५ विपन्न विद्यार्थीलाई न्यानो कपडा

ऐरावती गाउँपालिकाको ४१ वटा सामुदायिक विद्यालयका दुई सय ५५ विपन्न विद्यार्थीलाइ न्यानो कपडा वितरण गरिएकाे छ।  स्थानीय युवाहरुले सञ्चालन गरेको फेसबुक अभियानबाट उठेको रकमले उनीहरुलाई न्यानो कपडा उपलब्ध गराएका हुन्। देश विदेशका ८३ जना सहयोगी दाताबाट एक लाख २० हजार ४२६ रूपैयाँ रकम सङ्कलन भएको र त्यसबाट न्यानो कपडा खरिद गरेर दुई सय ५५ जना विद्यार्थीलाई प्रतिव्यक्ति एक-एक […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्ले यस वर्ष पनि २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै

काठमाडौँ ।  प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपाेटर्स क्लबमा पत्रकार सम्मेलन गरेर देशका १६ वटा जिल्लाकाे विभिन्न सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने जानकारी गराएको हाे । विद्यार्थीहरूको आवश्यकतालाई महशुस गरी विभिन्न १६ वटा जिल्ला इलाम, झापा, धनुषा, […]

पूरा पढ्नुहोस्

काठमाडौंका २७ विद्यालयका ३४० सटरमा महानगरको ताला

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले २७ वटा सामुदायिक विद्यालयहरूका तीन सय ४० वटा सटरमा ताला लगाएको छ। सामुदायिक विद्यालयले भाडामा लगाएका ३४० वटा सटरमा ताला लगाएको महानगरको शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माले बताए। उनकाअनुसार व्यवसायिक प्रयोजनमा लगाइएका सटर र टहराहरूमा ताला लगाएको हो। यो संख्या अझै बढ्ने उनको भनाइ छ। ‘शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेपछि सटरहरूमा […]

पूरा पढ्नुहोस्

शिक्षक सरुवा निर्देशिका सामुदायिक विद्यालयको अहितमा भएको भन्दैं महासंघको ध्यानाकर्षण

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयबाट गत जेठ १३ गते जारी गरेको शिक्षक सरुवा सम्बन्धि निर्देशिका २०८१ को केही बुँदाहरुमा असहमति जनाएको छ । सोमबार महासंघका प्रतिनीधहरुले शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान विरुद्ध असहमति जनाउदैं ठूला दलहरुका प्रमुख सचेतकहरुलाई ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय सामुदायिक विद्यालयहरुलाई […]

पूरा पढ्नुहोस्

विद्यार्थीद्वारा प्लास्टिकजन्य फोहोर सङ्कलन

स्याङ्जा, जेठ २६ गते । फेँदिखोला गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीमार्फत ७५० केजी प्लास्टिकजन्य फोहोर सङ्कलन गरेको छ । पहिलो चरणमा सङ्कलित प्लास्टिकजन्य फोहोर यहाँका २१ सामुदायिक विद्यालयमध्ये १० विद्यालयका विद्यार्थीले फोहोर जम्मा गरेका हुन् । विद्यालय र घरलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले पालिकाले फोहोर सङ्कलन अभियान अगाडि बढाएको हो । विद्यार्थीद्वारा सङ्कलित प्लास्टिकजन्य फोहोर मैला व्यवस्थापन […]

पूरा पढ्नुहोस्

सामुदायिक विद्यालय अब्बल बनाउन विद्यालयमा निशुल्क बस सेवा सुरु

रसुवा- गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन गोसाईकुण्ड गाउँपालिकाले सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिका सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष कैसाङ नोर्पु तामाङले बताउनु भयो । रसुवाको दुर्गम भेगमा रहेका तामाङ समुदायका बालबालिकालाई लक्षित गरि निशुल्क बस सेवा […]

पूरा पढ्नुहोस्

सामुदायिक विद्यालयमा विद्यार्थी बढे, दुई ‘सिफ्ट’ मा सञ्चालन

झापा- सामुदायिक विद्यालयमा पनि अङ्गेजी माध्यममा पढाइ हुन थालेपछि अभिभावकको आकर्षण बढ्दै गएको छ। झापाको बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै भएपछि बिहानी र दिवा गरी दुई सत्रमा विद्यालयमा पठनपाठन गरिने भएको छ। मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार विद्यार्थी सङ्ख्याअनुसार भौतिक संरचना नहुँदा दुई सत्रमा विद्यालय सञ्चालन गर्नुपरेको बताए। “भर्ना अभियानअन्तर्गत हामीले तीन सय […]

पूरा पढ्नुहोस्

धनगढीकाे सामुदायिक विद्यालयमा नतिजा सुधार, कुन विद्यालयको कस्तो ?

धनगढी । कैलालीको धनगढीमा ८ कक्षाको परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ । सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यस वर्ष सुधार भएको छ । गत वर्ष परीक्षामा सहभागी भएकामध्ये पहिलो चरणमा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । यस वर्ष सामुदायिक विद्यालयबाट पहिलो चरणमा ३१ प्रतिशत विद्यार्थी […]

पूरा पढ्नुहोस्