Tag: पशुपति क्षेत्र विकास कोष
पशुपतिनाथमा ‘नमाज’ प्रकरण : संयोग कि योजनाबद्ध खेल?
काठमाडौँ । केही दिन अगाडिदेखि सामाजिक सञ्जालमा एउटा तस्वीर तीव्र रूपमा भाइरल भइरहेको छ । पवित्र हिन्दू तीर्थस्थल पशुपतिनाथ मन्दिर परिसरमा एक मुस्लिम पुरुषले नमाज अदा गरिरहेको दृश्य। यस घटनापछि धेरैको मनमा प्रश्न उब्जिएको छ—के यो केवल संयोग थियो, कि योजनाबद्ध स्क्रिप्ट? सबैभन्दा पहिले, सो घटना हुँदा पत्रकारहरू त्यहाँ कसरी र किन उपस्थित थिए ? […]
पूरा पढ्नुहोस्
पशुपतिनाथमा भूमाफियाको चलखेल, कता हरायाे मन्दिरको २३१ रोपनी १० आना रोपनी जग्गा ?
भनिन्छ–पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । देशकै प्रमुख शक्तिपिठ पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा गायब पारिएको छ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष मिलन कुमार थापाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले बुझाएको प्रतिवेदनले पशुपतिनाथको २३१ रोपनी १० आना जग्गा गायब […]
पूरा पढ्नुहोस्
पशुपतिनाथ क्षेत्रको गंगा आरती र दीप प्रज्वलनको भिडियो खिच्न प्रतिबन्द किन ?
पुस १९, काठमाडौं । पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने निर्णय निन्दनीय छ । करोडौं भक्तजनहरूकाे आस्थाकाे केन्द्रमा हुने गंगा आरतीकाे आन्नदमयी दृश्य र नृत्य र भजन कृतनलाई यसरी एउटा कुनै व्यापारीक संस्थाकाे नीजि बनाउनु दिनु भनेकाे धार्मिक क्षेत्रलाई संकुचित बनाउनु हाे । […]
पूरा पढ्नुहोस्
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पुन
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बुधबार भएको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त पदमा नियुक्त गरेको हो । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिएको हो ।
पूरा पढ्नुहोस्
जलहरी काण्ड : पूर्व र हालका सदस्यसचिवसहित तीनविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व र हालका सदस्यसचिवसहित तीनविरुद्ध एक करोड १७ लाख बिगो दाबी गर्दै पशुपति क्षेत्र विकास कोषको जलहरी काण्डको मुद्दा दायर गरेको छ। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष […]
पूरा पढ्नुहोस्
पशुपतिका नयाँ पुजारी अडिगालाई मन्दिर प्रवेश गराइयो
पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट (पुजारी) वी यस विनय अडिगालाई आज (बुधबार) विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ। विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गरेका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गरेका कोषको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए। नवनियुक्त भट्टले आर्यघाटअघिको विष्णुपादुकामा बसी प्रायश्चित्त गोदान गरेर पशुपति क्षेत्रका […]
पूरा पढ्नुहोस्
पशुपति क्षेत्र विकास कोषले गर्यो मारवाडी सेवा समाजसँगको सम्झौता खारेज
सरकारले पशुपति क्षेत्रमा मारवाडी सेवा समाजले कौडीको भाउमा प्रयोग गर्दै आइरहेको जग्गााको सम्झौता खारेज गरेको छ । साथै भाडा पुनरवलोकन गरी सम्झौता गर्न १५ दिनको समय सीमा समेत दिएको छ । पशुपति क्षेत्र विकास कोषको बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । यो जग्गामा समाजले पशुपति धर्मशाला चलाइरहेको थियो […]
पूरा पढ्नुहोस्
पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा
काठमाडौं : यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ। सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। पशुपतिनाथ क्षेत्रमा आज शुक्रबारदेखि नै प्रहरी परिचालन हुनेछन्। महाशिवरात्रिलाई मध्यनजर गरेर सशस्त्र […]
पूरा पढ्नुहोस्
पशुपतिनाथमा अर्पण गरिएका सामग्रीहरुको बिक्री गरिँदै
असोज २८, काठमाडौं । पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरुको बिक्री सुरू गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरुलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरू गरेको हो । कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरू गर्न थालेको जनाएको छ । मन्दिरमा संकलन भएका विभिन्न ३१ […]
पूरा पढ्नुहोस्
पशुपति क्षेत्रलाई सफा राख्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन
२१ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रलाई सफा राख्न निर्देशन दिएका छन् । शनिबार बिहान पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउँदै सधै सफा हुनुपर्ने बताए […]
पूरा पढ्नुहोस्







