- १९ पुष २०८०, बिहीबार २१:१८
पुस १९, काठमाडौं । पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने निर्णय निन्दनीय छ ।
करोडौं भक्तजनहरूकाे आस्थाकाे केन्द्रमा हुने गंगा आरतीकाे आन्नदमयी दृश्य र नृत्य र भजन कृतनलाई यसरी एउटा कुनै व्यापारीक संस्थाकाे नीजि बनाउनु दिनु भनेकाे धार्मिक क्षेत्रलाई संकुचित बनाउनु हाे ।
यसरी आस्थाकाे व्यापार गर्नु कथापि उचित हाेइन । मन्दिर भित्र पाइने हरेक चिज प्रसाद हुन । अझैँ सार्वजनिक आरतीमा पुजारी र गायकहरूले गाउने कला र भजन कृतनलाई कुनै एउटा संस्थाले मात्र व्यापारीक प्रयाेजन गराउनु भनेकाे धार्मिक क्षेत्र र गंगा आरती कै बदनाम बनाउन खाेज्नु हाे ।
एउटा भक्तले विश्वकाे हिन्दुहरूकाे आस्थाकाे केन्द्रमा हरेक दिन हुने गंगा आरतीमा भिडियो विश्वभरकाे कुनै पनि केन्द्रमा वस्ने व्यक्तिले हेर्न पाउने गरि प्रसार गर्न किन नपाउने ?
पशुपति गंगा आरती हेर्न आउने हरेक व्यक्तिले त्याे आरतीकाे भिडियो विभिन्न माध्यमबाट प्रचार प्रसार गर्न पाउनु पर्छ । पशुपति क्षेत्र विकास काेषले धार्मिक पर्यटन प्रवर्द्धन विरोध कार्य गरेकाे देखिन्छ । अझ भनाैँ याे सरासर धार्मिक पर्यटन प्रवर्द्धन विरोधी कार्य हाे यसलाई तुरुन्तै सच्याउनु पर्छ ।











प्रतिकृया दिनुहोस्