Tag: उपकुलपति

त्रिविका उपकुलपति बरालले सम्हाले कार्यभार

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजंग बरालले पदभार ग्रहण गरेका छन्। कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहण गरेका हुन्। निमित्त उपकुलपति शिवलाल भुसालले उनलाई पदभार ग्रहण गराएका हुन् । नवनियुक्त उपकुलपतिको पदभार कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरु लगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए। बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले नियुक्त […]

पूरा पढ्नुहोस्

नवनियुक्त उपकुलपति बराल भन्छन्– त्रिविको शैक्षिक सत्रलाई ट्रयाककमा ल्याउँछु

नव नियुक्त उपकुलपति वरालले भनेका छन् “मैले तीनवटा विषयलाई प्राथमिकतामा राखेको छु । जसमा त्रिविको क्यालेन्डर लागू गरेर शैक्षिक सत्रलाई ट्रयाककमा ल्याउने, परीक्षाफल समयमा प्रकाशन गर्ने र पाठ्यक्रम अद्यावधिक गर्ने । त्रिविको सबैभन्दा ठूलो समस्या भनेको शैक्षिक क्यालेन्डर हो । यो क्यालेन्डर सच्चियो भने त्रिवि आधाजसो सुध्रिन्छ । अब त्रिविको क्यालेन्डर ट्रयाककमा आउँछ भनेका छन् । उनले त्रिविको क्यालेन्डर सुधार […]

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपतिमा बराल नियुक्त

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा  डा केशरजंग बराल नियुक्त भएका छन्। त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेेका हुन्। बराल व्यवस्थापन संकायका प्राध्यापक हुन्। उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए। त्रिविका सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई […]

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञाशामा उनले भने, ‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन।’ पत्रकारिता जगत्ले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन […]

पूरा पढ्नुहोस्

त्रिविको भीसीका लागि बुढाथोकी, धमला र बरालको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा रहेको सिफारिस समितिले आइतबार प्रधानमन्त्री तथा कुलपतिमसक्ष तीन जनाको नाम सिफारिस गरेको हो । समितिले आइतबार सर्ट लिस्टमा परेका १४ जनाको अन्तर्वार्ता लिएपछि चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बराललाई सिफारिस गरेको हो । यसअघि समितिले उपकुलपतिका लागि दरखास्त […]

पूरा पढ्नुहोस्

त्रिवि उपकुलपतिका लागि अन्तर्वार्ता सकियो, अब के हुन्छ ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएको छ। शिक्षा मन्त्रालयमा आज दिनभर चलेको अन्तर्वार्ता भर्खरै सकिएको हो। अन्तर्वार्ता सकिएसँगै उपकुलपति सिफारिस समितिको बैठक बसिरहेको छ। बैठकले उपकुलपति नियुक्तका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । सिफारिस गरिएका तीन जनाको नाम लिएर शिक्षामन्त्री अशोककुमार राई कुलपति तथा प्रधानमन्त्रीलाई  भेट्न जाने समिति स्रोतले जनायो […]

पूरा पढ्नुहोस्

बढ्दै त्रिवि उपकुलपति विवाद, समितिमै प्रधानमन्त्रीलाई बोलाउने निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि विकास समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भीसी) छनोटको समस्याबारे प्रधानमन्त्री, शिक्षामन्त्री लगायतलाई समितिले तीन दिनभित्र बोलाउने निर्णय गरेको छ। संसदीय समितिले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र सिफारिस समितिका अन्य सदस्यलाई पनि समितिमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो। त्यस्तै समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको सर्ट लिस्टमा परेका विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न समेत […]

पूरा पढ्नुहोस्

दलीय भागवण्डालाई नै निरन्तरता दिँदै त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुलपति सार्वजनिक रुपमा गर्जनका साथ प्रतिवद्धता गर्छन् । बारम्बार उक्त प्रतिवद्धता दोहोर्याइ रहन्छन् । तर उनको पछि रहेका निमित्त हुन वा अरु उपकुलपतिले पुरानै इतिहास दोहोर्याइ रहन्छन् । आफ्नो स्वार्थ समूहको हितहुने देखिएमा पटक पटक पुरानै इतिहास पुनरावृत्ति गरिरहन्छन् । दोस्रो पटक निमित्त उपकुलपतिको जिम्मेबारी पाएका त्रिविका उपकुलपति शिवलाल भूसालले पनि […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन माग

सुदूरपश्चिम  र मध्यपश्चि विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले  उपकुलपति छनोटका लागि दरखास्त माग गरेको छ । उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट  हिजो  स्वीकृत सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त माग गरेको हो । समितिले दश दिनभित्र विश्वविद्यालय अनुदान […]

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपतिका लागि आवेदन माग

त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति छनोट गर्ने प्रयोजनका लागि आवेदन आह्वान गरिएको छ । त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना सार्वजनिक गरेर सार्वजनिक रूपमा आवेदन आह्वान गरेको हो । यसअघि अघिल्लो सरकारले पनि यसैगरी आवेदन माग गरी तयार गरिएको रोस्टरबाट उपकुलपति नियुक्त गर्ने योजना बनाएको थियो र […]

पूरा पढ्नुहोस्