- १० फाल्गुन २०८०, बिहीबार १७:११
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा डा केशरजंग बराल नियुक्त भएका छन्।
त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेेका हुन्।

बराल व्यवस्थापन संकायका प्राध्यापक हुन्। उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए।
त्रिविका सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसँगै प्रा डा चित्रबहादुर बुढाथोकी र प्रा. डा टंकनाथ धमलाको पनि नाम सिफारिस गरेको थियो।
उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा ‘सर्टलिस्ट’ मा १४ जना परेका थिए। तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आइतबार सिफारिस गरिएको थियो।










प्रतिकृया दिनुहोस्