उपत्यका
मो.परवेज नेपाल ल क्याक्पसमा उम्मेदवार बन्न लागेकोमा विद्यार्थीको विरोध
वैशाख ३, काठमाडौं । नेपाल ल क्याम्पसमा कारवाहीका लागि सिफारिस भएका मो.माजीद परवेज नेपाल ल क्याक्पसमा उम्मेदवार बन्न लागेको भन्दै विद्यार्थीले विरोध गरेका छन् । रौतहट जिल्ला क्षेत्र नं २, परोहा नगरपालिका २ बस्ने परवेज नेपाल ल क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनका लागि अध्यक्षको उम्मेदवार बन्न लागेको भन्दै विरोध भएको हो । परवेजलाई फागुन […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवदी केन्द्रको ध्यानाकर्षण
काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद तय भएकामा स्वागत गर्दै कार्यक्रमको लागि सहतीय साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयक लागि कांग्रेसले पहलकदमी लिने, महरलाई दिइयो जिम्मेवारी
काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयका बारे पार्टीको आधारिक धारणा बनाउनका लागि गम्भीर छलफल सुरु गरेको छ। अधिकांश कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले शिक्षा उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बुँदामा रहेको असहमति र विधेयक बारे पूर्ण धारणा निर्माण गर्नका लागि आवश्यक समन्वय गर्न […]
पूरा पढ्नुहोस्
रामायण टेलिश्रृङ्खलाका नायक अरुण गोविल नेपालमा
काठमाडौं । बहुचर्चित टेलिश्रृङ्खला ‘रामायण’मा रामको भूमिका निर्वाह गरेका अभिनेता अरुण गोविल नेपाल आइपुगेका छन् । भारतीय जनता पार्टीका सांसदसमेत रहेका गोविल शुक्रबार नेपाल आइपुगेका हुन् । काठमाडौंमा आयोजित हुने जनजाती कल्याण आश्रम नेपालको वार्षिकोत्सवमा कार्यक्रममा सहभागी हुन गोविल नेपाल काठमाडौं आइपुगेका हुन् । दूरदराजका विपन्न बालबालिकालाई निःशुल्क पढाउने, खान बस्न र सबै व्यवस्था गर्दैआइरहेकाे उक्त […]
पूरा पढ्नुहोस्
बोर्डका अध्यक्षको शिक्षकसँग अपिल : उत्तरपुस्तिका परीक्षणमा सहयोग गरिदिनु
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको उत्तरपुस्तिका परीक्षणमा सहयोग गरिदिनका लागि नेपाल शिक्षक महासङ्घ तथा शिक्षकहरूसँग अपिल गरेको छ । आफ्ना माग सम्बोधन गरेर विद्यालय शिक्षा ऐन जारी गराउन देशै भरका शिक्षकहरू सडक आन्दोलनमा रहेका बेला उत्तरपुस्तिका परीक्षणमा ढिलाई हुँदा विद्यार्थीको भविष्यमा असर पर्ने भन्दै अपिल गरिएको हो । बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थीको नतिजा […]
पूरा पढ्नुहोस्
शिक्षकको पेसागत विकासका लागि हिमालय स्कुल र काठमाडौँ विश्वविद्यालयको सहकार्य
गुणस्तरीय शिक्षा र शिक्षकहरूको निरन्तर व्यावसायिक विकासको गर्ने उदेश्यले हिमालय स्कुल र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबिच सहकार्य हुने भएको छ । सहकार्यमा शिक्षकहरूलाई उन्नत प्रशिक्षण प्रदान गर्नु, उनीहरूको शैक्षिक सीपलाई सुदृढ गर्नु र प्रभावकारी सिकाइ वातावरण सिर्जना गर्न आवश्यक उपकरणहरूसँग उनीहरूलाई सुसज्जित गरिने रहेको हो । विश्वविद्यालयमा रहेको निरन्तर तथा पेसागत शिक्षा केन्द्र (सिपिइसी) […]
पूरा पढ्नुहोस्
अनेरास्ववियुसहित पाँच सङ्गठनलाई हराउँदै टीकापुर क्याम्पसमा नेविसंघको प्यानल नै विजयी
टीकापुर बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ पूरै प्यानल विजयी भएको छ। नेविसंघका तर्फबाट अध्यक्ष पदका उम्मेदवार किरण साउँदले ६५२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले ५४७ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार रहेका दिवाशिष जङ्ग थापाले ४२ मत पाए । सचिव पदमा पनि नेविसंघकै […]
पूरा पढ्नुहोस्
नेपाल शिक्षक महासङ्घको आन्दोलनप्रति राज्य गम्भीर हुनुपर्छ : ढुंगाना
निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का निवर्तमान अध्यक्ष डिके ढुङ्गानाले नेपाल शिक्षक महासंघको आन्दोलनप्रति राज्य गम्भीर हुनुपर्ने बताएका छन्। नेपाल शिक्षक महासंघ नेतृत्वमा सञ्चालित आन्दोलन कुनै सामान्य विषय होइन; यो शिक्षालाई आधार मानेर समुन्नत समाज निर्माण गर्ने गम्भीर आकांक्षाको प्रतिबिम्ब भएको ढुङ्गानाको धारणा छ। विगतमा धेरैजसो शिक्षकहरू राजनीतिक दलहरूको सक्रिय कार्यकर्ताको रूपमा चिनिन्थे, […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट
काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले आज शिष्टाचार भेट गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का कृषिमन्त्रीहरुको बैठकका लागि नेपालमा आउनुुभएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । मन्त्री चौहानले नेपाल र […]
पूरा पढ्नुहोस्
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश
काठमाडौं । उच्च अदालतले नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तत्काल गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश द्वय श्यामकुमार भट्टराई र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यथाशीघ्र निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको हो । २०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा सम्पन्न नभएको र निर्वाचन स्थगन गर्नुपर्ने स्पष्ट […]
पूरा पढ्नुहोस्







