प्रदेश

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन बन्ने भएको छ । भारत सरकारको सहयोगमा उक्त भवन बन्न लागेको हो । बिहीबार एक कार्यक्रमबिच शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामी र भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत बन्न लागेको विद्यालय भवनको शिलान्यास गरेका छन् । भारतीय दूतावासका अनुसार […]

पूरा पढ्नुहोस्

जनकपुरधाममा सांस्कृतिक महोत्सवको दोस्रो संस्करणकाे आयाेजना

  जनकपुर । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगंज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०८१ को अवसर पारेर मिति २०८१ वैशाख १ गते जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो । उक्त महोत्सव […]

पूरा पढ्नुहोस्

भारतको सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण

काठमाडौं- ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा  तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरे । […]

पूरा पढ्नुहोस्

भोजपुरमा आगलागीमा परेर तीन बालबालिकाको मृत्यु

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनाको थप विवरण आइसकेको छैन।

पूरा पढ्नुहोस्

शिक्षा  सुधारका लागि वीरगन्जमा प्राज्ञिककाे बृहत् दबाब  र्‍याली

माघ १९, वीरगन्ज ।  विद्यार्थी परिषद्ले शिक्षाक्षेत्रको समग्र सुधारका लागि विद्यार्थी   वीरगन्जमा १००० जनाभन्दा बढी विद्यार्थीहरूको सहभागीतामा बृहत् दबाब  र्‍याली निकालेको छ । शुक्रबार विद्यार्थी परिषद्ले प्रवेश, परिक्षा, परिणाम, पात्राे , पाठ्यक्रम जस्ता विषयहरूकाे सुधार गर्नका लागि वीरगन्जमा विद्यार्थी दबाब र्‍याली निकालिएको परिषद्ले जनाएको छ । र्‍यालीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका  केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख  छितराज […]

पूरा पढ्नुहोस्

गाउँपालिकाले सुरु गर्याै लोकसेवा-शिक्षक आयोगको तयारी कक्षा

भोजपुर- हतुवागढी गाउँपालिकाले लोकसेवा तथा शिक्षासेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो। लोकसेवा र शिक्षकसेवा आयोगले लिने परीक्षा तयारीका लागि टाढा जानुपर्ने र धेरै शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउँदै स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा […]

पूरा पढ्नुहोस्

जापानमा रोजगारीका लागि पठाउन धनगढी उपमहानगरद्वारा सम्झौता, को–को जान पाउँछ ?

कैलालीको धनगढी उपमहानगरपालिकाले रोजगारीका लागि जापान पठाउन जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका) सँग सम्झौता गरेको छ । जापानमा रोजगारीका लागि पठाउन धनगढी उपमहानगरपालिकाको तर्फबाट नगर प्रमुख (मेयर) गोपाल हमाल र जाइकाको तर्फबाट प्रोजेक्ट म्यानेजर राजनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मेयर हमालले ३५ वर्ष ननाघेको र कम्तीमा एसएलसी (एसईई) पास भएको व्यक्तिले रोजगारीका […]

पूरा पढ्नुहोस्

भारत सरकारद्वारा भूकम्प प्रभावितका लागि दाेश्राे लटकाे ९ टन राहत सामग्री हस्तान्तरण

कार्तिक २०, काठमाडौं । नेपालका भूकम्प प्रभावित परिवारहरुका लागि आपतकालीन राहत सामग्रीको दोस्रो खेप भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेका छन् । भारतले दाेश्राे लटमा अत्यावश्यक चिकित्सा तथा सरसफाई सामग्री, त्रिपाल, स्लीपिङ्ग ब्याग र कम्बल सहितको ९ टन […]

पूरा पढ्नुहोस्

प्रिन्सिपल स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाराले रूपेशका पूर्वप्रेमिकासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले खुलाएको छैन। उनीहरूमाथि सोधपुछ गर्दा हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले बताएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको […]

पूरा पढ्नुहोस्

शिक्षक आवश्यकता

कार्तिक,१४ सप्तरी। जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाले स्वयंसेवक शिक्षक भर्नाको लागि आवेदन माग गरेको छ । नगरपालिकाले आधारभूत तथा माध्यमिक तहको स्वयंसेवक शिक्षक भर्नाको लागि आवेदन माग गरेको हो । नगरपालिकाले २०७९ चैत २१ गते प्रकाशित सूचना र २०७९ चैत २२ गते प्रकाशित संशोधन सूचना अनुसार आधारभूत तथा माध्यमिक तहको स्वयंसेवक शिक्षक भर्ना विज्ञापन नं. ०५–११/२०७९/८० […]

पूरा पढ्नुहोस्