प्रदेश

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत

काठमाडौँ ।  पूर्वाञ्चल विश्वविद्यालयको मंगलबार सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको […]

पूरा पढ्नुहोस्

काठमाडौँ महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि आवेदन खुला

काठमाडौँ ।   काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत  शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ। महानगरपालिकाको शिक्षा विभागले आज  एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२–०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो। सूचना अनुसार, इच्छुक विद्यार्थीहरूले आजैदेखि अनलाइन आवेदन फाराम भर्न सक्नेछन्। […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सडक सञ्जालसँग जोडियो हुम्ला

काठमाण्डौँ ।  हुम्ला जिल्ला राष्ट्रिय सकड सञ्जालसँग जोडिएपछि हुम्ली नागरिकको सपना पूरा भएको छ । ७७ जिल्लामध्ये जोडिन बाँकी रहेको हुम्ला जिल्ला विसं २०८२ मा आएर राष्ट्रिय सकड सञ्जालसँग जोडिएको हो । खार्पुनाथ गाउँपालिका–५, खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भए पनि सो बेलिब्रिजको उद्घाटन भने हुनसकेको छैन । उक्त पुलको उद्घाटन असार २१ गते हुने […]

पूरा पढ्नुहोस्

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

हुम्ला । जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले डिजिटल प्रविधिमार्फत सुर्खेतबाट कार्यक्रमको उद्घाटन गर्दै खार्पुनाथलाई हुम्लाको पहिलो बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् । पाँचवटा वडा भएको खार्पुनाथका सबै वडाले यसअघि वडा बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिसकिएकाले आज गाउँपालिका […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयक सहित तीन विधेयकमाथि अर्थमन्त्री पौडेलको प्रस्ताव पेस हुने

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, अर्थमन्त्री पौडेलले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले […]

पूरा पढ्नुहोस्

स्वास्थ्य क्षेत्रमा हरेक वर्ष २५ सय जनशक्ति थपिने, पाँच वर्षमा १२ हजार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरू भएको बताएका छन् । मन्त्री पौडेलले लामो समयपछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरु भएको बताएका हुन् । स्वास्थ्य जनशक्ति अभाव भएपनि दशकौँसम्म जनशक्ति थप गर्ने गरी […]

पूरा पढ्नुहोस्

पन्ध्र स्थानमा मानव धर्मको योग शिविर

काठमाडौं। नेपाल मानव धर्म सेवा समितिले ‘एक पृथ्वी एक स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ देशैभरिका क्षेत्र तथा शाखा आश्रमहरूमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न गरेको छ। देशभरका विभिन्न पन्ध्र स्थानमा आयोजना गरिएका योग तथा साधना शिविरमा झन्डै दुई हजार जना सहभागी भएका थिए। नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइजीले योगले […]

पूरा पढ्नुहोस्

रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारीको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ । अदालत स्रोतका अनुसार सम्भवतः आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ ।  चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न […]

पूरा पढ्नुहोस्

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर

काठमाण्डौँ । मध्यपहाडी लोकमार्गसँग बिचमै रहेको जाजरकोट र दैलेखको सिमाना सुयाडामा मन्दिर निर्माण चलिरहेको छ । जाजरकोटको छेडागाड नगरपालिका–२, सुयाडा लेकमा नगरपालिका र प्रदेश सरकारको डिभिजन वन कार्यालयले अलग–अलग ठाउँमा मन्दिर बनाउन लागेका हुन् । डिभिजन वनले थालेको मन्दिर निर्माण कार्य सम्पन्न भइसकेको छ भने नगरपालिकाले निर्माण गर्न लागेको मन्दिरको काम भने जारी रहेको छ । डिभिजन वन […]

पूरा पढ्नुहोस्

भर्खरको समाचार / समाचार शिक्षक आन्दोलनलाई थप कडा बनाउँदै महासङ्घ १ दिन अगाडि

शिक्षक आन्दोलनलाई थप कडा बनाउँदै महासङ्घ काठमाडौँ /१० बैशाख – आन्दोलनरत नेपाल शिक्षक महासङ्घले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने निर्णय गरेको छ । गत चैत २० गतेदेखि शिक्षक सडक आन्दोलनमा हुँदा पनि सरकारले कुनै सुनुवाइ नगरेपछि आन्दोलाईन थप कडा बनाउने भएको हो । महासङ्घको राष्ट्रिय समितिको हिजोको बैठकले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने […]

पूरा पढ्नुहोस्